७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक सहायताका निम्ति अनुरोध

अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले विश्व व्यापार सङ्गठन (डब्ल्यूटिओ) र विकासका अन्य साझेदारले नेपालजस्ता अल्पविकसित देशको व्यापारिक क्षमता अभिवृद्धिका निम्ति निरन्तर सहयोग गर्न अनुरोध गरेका छन् ।

सङ्गठनका महानिर्देशक रोबर्टो आजेभेडोसँग सोमबार अपराह्न जेनेभामा भएको भेटवार्तामा मन्त्री यादवले बहुपक्षीय व्यापार पद्धति तथा व्यापार सम्झौतालगायत अल्पविकसित देशका व्यापारका समस्याबारे छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि नेपालको स्थायी नेपाली नियोगले जनाएको छ ।

“समृद्ध नेपाल सुखी नेपाली” नेपाल सरकारको दीर्घकालीन लक्ष्य भएको बताउँदै उनले दिगो विकासका लक्ष्य हासिल गर्न तथा उपयोग नभएका नेपालका अथाह स्रोतको उपयोगमा दातृ निकायको सहयोग अपरिहार्य भएको बताए।

व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (अङ्कट्याड) को विश्व लगानी मञ्चमा भाग लिने सिलसिलामा मन्त्री यादव गत आइतबारदेखि जेनेभामा छन् । यही कात्तिक ५ देखि ९ गतेसम्म सञ्चालन हुने विश्व लगानी मञ्चमा १५ देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, ५० भन्दा बढी मन्त्री र १०० जनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत, राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनका वरिष्ठ कार्यकारीका साथै नागरिक समाजका प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस