९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय योजना आयोगको भूमिका प्रभावकारी हुनुपर्छ : मुख्यमन्त्री शाही

Karnali
अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

“अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने संयन्त्रका रुपमा सीमित बन्यो”, उनले भने, “तीन वटै तहका सरकारका लागि योजना निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ, सङ्घीय संरचनाअनुसार आफ्नो भूमिकालाई पनि बढाउनुपर्छ ।”

राष्ट्रिय योजना आयोगद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित दिगो विकास लक्ष्य मैत्री योजना निर्माण, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताए। कर्णालीको विकासमा योजना आयोग अलि बढी केन्द्रित हुनुपर्ने उनको सुझाव छ । मुख्यमन्त्री शाहीले आयोगसँग मुलुकको विकासको स्पष्ट खाका र समग्र तथ्याङ्क हुनुपर्ने बताए । “यहाँ भौगोलिक विकटता धेरै छ, छरिएका बस्ती छन्,” उनले भने, “छरिएका बस्तीलाई एकीकृत गर्न कस्ता योजना अघि बढाउँदा प्रभावकारी होला आयोगले विस्तृत अध्ययन गरिदेओस् ।”

मुख्यमन्त्री शाहीले कर्णाली सरकारले चालू वर्षलाई सम्भाव्यता अध्ययनका रुपमा लिइएको बताए । “यो वर्ष हामी अध्ययन गर्छौं, प्रदेश र नेपाल सरकारको बजेटबाट कति काम गर्न सक्छौँ त्यसको लेखाजोखासँगै विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गर्छौं”, उनले भने।

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारबीच द्वन्द्व नभई आपसी समन्वय हुन सके मात्र सङ्घीयता सफल हुने बताए । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल तथा सदस्यद्वय मीनबहादुर शाही र सुशील भट्टले कर्णालीको विकास तथा आयोगको भूमिकाका सन्दर्भमा आ–आफ्नो विचार व्यक्त व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस