१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९० युवा खेलाडी बन्द प्रशिक्षण शिविरमा

अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्अन्तर्गतको विज्ञान प्रतिष्ठानले शुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरबाट नयाँँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ ।

नजिकिँदै गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र नेपालमै हुन लागेको १३ औँ साग प्रतियोगितालाई ध्यानमा राखेर उक्त प्रतिष्ठानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १० दिने प्रशिक्षण दिइरहेको छ । परिषद्ले वि.सं. २०७२, २०७३ र २०७४ मा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई सहभागी गराई प्रशिक्षण दिइरहेको हो । यही कात्तिक १० गतेदेखि शुरु भएको प्रशिक्षण १९ गते सकिनेछ । प्रशिक्षणमा १३ वर्षदेखि १९ वर्षसम्मका खेलाडी सहभागी छन् ।

गत शनिबारदेखि शुरु भएको प्रशिक्षणमा कराँते, उसु, तेक्वान्दो र एथलेटिक्सका युवा खेलाडी सहभागी छन् । सातदोबाटोस्थित कराँते प्रशिक्षण केन्द्रमा कराँतेको प्रशिक्षण भइरहेको छ । तेक्वान्दो र उसु त्रिपुरेश्वर राखेप कभर्डहलमा तथा एथलेटिक्स मूलपानीस्थित क्रिकेट मैदानमा भइरहेको छ । प्रशिक्षणमा तेक्वान्दो, कराँते, उसु र एथलेटिक्सका ९० खेलाडी सहभागी छन् ।राखेप सदस्यसचिव केशवकुमार विष्टले विद्यालय तहदेखि नै राष्ट्रिय प्रतियोगिता हुँदै दक्षिण एशियाली खेलकूदसम्म खेलाडीले नतिजामूलक उपलब्धि हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए ।

“हामी साग र आठौँ राष्ट्रिय खेलकूदको तयारीमा छौँ, उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउनु प्रशिक्षणको मुख्य उद्देश्य हो”, उनले भने । विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिभावान र नयाँ खेलाडीको कमी हुँदै आएकाले सोको पूर्तिका लागि युवा खेलाडीलाई प्रशिक्षण दिइएको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।राखेपले युवा खेलाडीलाई प्रशिक्षण र अध्ययन दुवैको मौका दिने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालको प्रदर्शन राम्रो हुने उनको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजामूलक उपलब्धि हासिल गर्ने र युवा खेलाडीको क्षमता वृद्धि गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको राखेपले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस