११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दल र जनप्रतिनिधिको आ-आफ्नै गुनासो विकास र सुशासनमा एक हौँ

अ+ अ-

डोटी । राजनीतिक दल र जनप्रतिनिधिहरूका आ-आफ्नै गुनासा भए पनि जिल्लाको समग्र विकास र सुशासनका लागि एक मञ्चमा उभिन तयार रहेको दल र जनप्रतिनिधिहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

तिहार र छठ पर्वको अवसरमा नेपाली काँग्रेस डोटीले शुत्रवार पार्टी कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा दल र जनप्रतिनिधिहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस डोटीका पार्टी सभापति प्रदीप देउवाले जिल्लाको रचनात्मक विकासका लागि सत्तापक्ष-प्रतिपक्ष नभनी सहकार्य गर्न काँग्रेस तयार रहेको बताए । ‘विगतका दिनहरूमा पनि डोटीमा दलहरूबिच खासै मत भिन्नता थिएन’ सभापति देउवाले भने ‘यदि हामी दलहरू प्रतिबद्ध हुने हो भने आगामी दिनहरूमा भ्रष्टाचार नियन्त्रण र सामाजिक विकृतिहरूको अन्त्य गर्न सक्छौँ ।’ उनले यसका लागि काँग्रेस सबै प्रतिबद्ध रहेको छ अहिले त काँग्रेस प्रतिपक्षमा भए पनि आफ्नो भूमिका निवार्ह गरिरहेको समेत बताए ।

चियापान कार्यक्रममा बोल्दै (नेकपा) का जिल्ला अध्यक्ष चक्र मल्लले ‘दलगत बिचार आफ्ना ठाउँमा छ, राजनीतिकर्मीहरूका लागि त्यो आवश्यक पनि छ’ तर जिल्लाको समग्र विकास र सुशासन कायम गर्नका लागि हामी सबै दलहरू एक ठाउँमा आउनु पर्छ ।’ डोटी जिल्लाको हकमा आफू त्यसका लागि प्रतिबद्ध रहेको उनले बताए । मल्लले स्थानीय तहका जनप्रतिनिधिहरूलाई दलगत संकीर्णता भन्दा माथि उठेर जनताको हितका लागि काम गर्न आग्रह समेत गरे ।

राष्ट्रिय जनमोर्चा डोटीका सचिव केशवनाथ योगीले जिल्लामा भ्रष्टाचार मौलाएको प्रति चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोक्नु पर्ने बताए । ‘दलहरूले एकतावद्ध भएर भ्रष्टाचार न्यून गर्नका लागि अभियान चलाउनु पर्छ’ योगीले भने ‘यदि दलहरू तेरो मेरो भन्दै बस्ने हो भने जिल्लाको विकास पनि हुन सक्दैन र भ्रष्टाचार नियन्त्रण पनि हुन सक्दैन त्यसैले जिल्लाको समग्र विकासमा सबै दल र जनपैतिनिधीहरुको साझा बुझाई हुन आवश्यक रहेको बताए ।’ यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का जिल्ला अध्यक्ष बहादुर सीँ खड्काले पनि जिल्लाको समग्र विकासका लागि डोटीका दलहरू एक हुनु पर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्दै भने ‘तपाइहरू विकासमा राजनीतिक गर्नुहोस् ।’ उनले स्थानीय तहका जनप्रतिनिधिहरूले उपभोक्ता समिति गठन गर्दा समेत आफ्नो पार्टीको मान्छे उपभोक्ता बनाउन हस्तक्षेप गर्ने गरेको आरोप लगाए । ‘ उनले थपे ‘दुई चार जना खुसी पार्नका लागि जनताले तिरेको करमा मनपरी नगर्नुहोस् ।’ उपभोक्ता समिति गठनमै हस्तक्षेप भएको भन्दै जिल्ला समन्वय समितिमा समेत गुनासो आउने गरेको ऐर बताउँछन् । उनले जनप्रतिनिधिहरूलाई निष्पक्ष भएर विकास निर्माणमा लाग्न निर्देशन दिन समेत दलहरूलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले सामाजिक विकृतिमा संलग्न नहुन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिन सबै दलहरूलाई आग्रह गरिन् । उनले थपिन् ‘जुवा तास, मदिरा जस्ता विकृतिहरूमा दलकै कार्यकर्ताहरूको संलग्नता रहेको देखिन्छ, यसलाई अन्त्य गर्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनु प¥यो ।’

प्रतिक्रिया दिनुहोस