९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्याडमिन्टन रनिङ्ग शिल्ड : सनिल र सुमनको जोडीलाई यल कप उपाधी

अ+ अ-

कठमाडौं । नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता – २०७५”को पुरुष युगलमा उपाधी जित्न सफल भएका छन् ।

सनिल र सुमनको जोडीले आफ्नै क्लबका गत संस्करणका विजेता ससिन डङ्गोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै विजयी भएका हुन् । दथुलंका राजु बज्राचार्य र सुमित महर्जन तथा रत्नकाजी बज्राचार्य र संदीप शाक्यको जोडी संयुक्त तेश्रो भए । सनिल र सुमनको जोडीले रनिङ्ग ट्रफीका नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै दोश्रो स्थान हात पार्ने ससिन र सुमितले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । तेश्रो हुने राजु र सुमित तथा रत्नकाजी र संदीपले नगद १०/१० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र हात पारे ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको यु – १५ एकल प्रतिस्पर्धामा पनि नागबहालका सहज शाक्यले बाजी मारे । सहजले आफ्नै क्लबका सुजल शाक्यमाथी २१–१५, १३–२१ र २१–१७ को जित निकाले । तेश्रो स्थानमा नागबहालकै श्रवण शाक्य तथा प्रयाग पोखरीका पुजन चित्रकार रहे ।

यस्तै मिक्स युगल तर्फ दथुलंका राज बज्राचार्य र यास्ना डङ्गोलको जोडी सोही क्लबका सुमित महर्जन र लिपी बज्राचार्यको जोडीलाई २१–१८, २१–१४ ले पराजित गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भए । नागबहालका सुमन शाक्य र प्रकृती शाक्यको जोडी तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले तेश्रो स्थान प्राप्त गरे ।

यु–१५ र मिक्स तर्फका शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश : नगद १०, ७ र ४ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

भेट्रान्स तर्फको प्रतिस्पर्धामा मंगल बजारका विरेन्द्र लाल श्रेष्ठ र किशोर ब्यञ्जनकारको जोडी स्वर्ण प्राप्त गर्न सफल भयो । श्रेष्ठ र ब्यञ्जनकारको जोडीले नागबहालका सुदिम शाक्य र प्रविण शाक्यको जोडीलाई २१–१७, २४–२२ ले पाखा लगाउन सफल भयो । प्रयाग पोखरीका पूर्ण भक्त चित्रकार र कमल राजकर्णिकार तथा ओकुबहालका कमल शाक्य र राजेश शाक्यको जोडीले कास्य पाए । विजयी तीन स्थानकाले मेडल, ट्रफी र प्रमाण पत्रका साथै नगद १५ हजार, १० हजार र ५ हजार हात पारे ।

बिजयी खेलाडीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर प्रमुख जिल्ला अधिकारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, मोहन बहादुर शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस