७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ ।

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको हो । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले यसअघि प्रस्ताव गरिएको स्थानमा केन्द्र बनाउने गरी तयारी अघि बढाएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

केन्द्र निर्माणका लागि राजनीतिक दल, स्थानीय जनप्रतिनिधिसँग छलफल कार्यक्रम गरिएका छन् । राजनीतिक दल एकमत भएर स्थानीय समुदायमा जाने भएका छन् । नगर प्रमुख विष्टले राजनीतिक दलको सर्वदलीय संयन्त्रले गरेको निर्णयका आधारमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि पहल गरिएकाले सबै दलको सहयोग पाउने आशा राखिएको बताए।

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत ३६ दशमवलव ५ किलोमिटर पक्की सडक, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र प्रदूषित पानी प्रशोधन गर्ने कार्यक्रम समावेश गरिएका छन् । अहिले सडकको सर्भे कार्य भइरहेको छ भने केन्द्रका लागि छलफललाई निरन्तरता दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्रसिंह रावलले आयोजनाबाट स्थानीय समुदायलाई पाउने लाभमा सहमत गराएर जानुपर्ने बताए। नेपाली काङ्ग्रेसका जिल्ला सचिव दिवाकर पाण्डेयले फोहरमैला व्यवस्थापन समान्य विषय नभएकाले स्थानीयसँग छलफल गरी जानुपर्ने र त्यसका लागि काङ्ग्रेसले साथ दिने बताए। रासस

प्रतिक्रिया दिनुहोस