९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वरेकवासीको आशा जगाउँदै प्याराग्लाइडिङ विश्वकप

अ+ अ-

स्वरेक स्याङजा । गण्डकी प्रदेशस्थित स्याङ्जा जिल्लाको पर्यटकीयस्थल स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सञ्चालनले यहाँका स्थानीयवासीमा आशा जगाएको छ ।

वरपरका रमणीय हिमाली एवं पहाडी दृश्यको एकसाथ अवलोकन गर्न सकिने थुम्कै थुम्कायुक्त स्वरेकले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ । प्याराग्लाइडिङको विश्वकप सञ्चालन हुँदै गर्दा यतिखेर विभिन्न २१ देशका खेलाडी, प्रशिक्षक एवं निर्णयक टोली स्वरेकमा पुगेका छन् । नेपालमा नै पहिलो पटक भएको विश्वकप प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङले यहाँका स्थानीयवासीमा ठूलो आशा जगाएको नमूना स्वरेक सहयोगी समाज स्याङ्जाका अध्यक्ष घनश्याम पाण्डेले बताए ।

“स्वरेक आफैंमा धेरै सम्भावना बोकेको ठाउँ हो,” उनले भने, “नेपालमा पहिलोपटक भएको विश्वकप प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङले यतिखेर यस ठाउँले अन्तर्राष्ट्रिय रुपमा चासो पाएको छ ।” विश्वकप सञ्चालनसँगै आगामी दिनमा यहाँको विकासमा राज्यको ध्यान पुग्ने उनले विश्वास व्यक्त गरे ।

स्वरेकमा प्याराग्लाइडिङको पढाइ हुने बाबु एडभेन्चर स्कुल सञ्चालनमा आइसकेको छ । समुद्री सतहबाट एक हजार ६०० मिटर उचाइको पर्यटकलाई लोभ्याउने झण्डै १० वटा रमणीय थुम्कायुक्त स्वरेक सिद्धार्थ राजमार्गको बयरघारीबाट सुन्दरबजार, स्वरेक भञ्ज्याङ, पाण्डे गाउँ, गुरुङसेनी डाँडा, गौंडा हुँदै लगभग नौ किलोमिटर दुरी पार गर्दै पुग्न सकिन्छ ।

यहाँबाट माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण लगायतका हिमशृङ्खला एक साथ अवलोकन गर्नका लागि पनि पर्यटक लोभिने गरेको स्वरेक कालिका टोल विकास संस्थाका सचिव शोभाकान्त पाण्डेले जानकारी दिए । उनका अनुसार रातको समयमा यहाँबाट पाल्पा बजार, स्याङ्जाकै सिरुवारी लगायतका स्थानको अवलोकन गर्न सकिन्छ । सुन्तलासहित मकै कोदो, भटमास, पिँडालु जस्ता कृषिजन्य उत्पादन यस क्षेत्रमा राम्रो हुने गरेको छ । बढ्दै गएको पर्यटकीय आकर्षणले यहाँका उत्पादन यही क्षेत्रमा खपत हुने आशा जगाएको छ ।

“प्याराग्लाइडिङको विश्वकप सञ्चालनसँगै स्वरेक स्याङजाको मात्र नभै अन्तर्राष्ट्रियस्तरकै गन्तव्यमा सूचीकृत बनिसकेको छ,” टोल विकास संस्थाका सचिव पाण्डेले भने, “आगामी दिनमा हुने पर्यटकको आगमनलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा आवश्यक पूर्वाधार विकासका साथै घरवास कार्यक्रमलगायतमा सहयोग गर्नु आवश्यक छ ।”

नेपालका बाइसे चौबिसे राजाको पालादेखि नै अस्तित्वमा आएको विश्वास लिइने यहाँस्थित स्याङजा भैरवकालिका मन्दिर, भगवान रामचन्द्र आएर बसेको विश्वास गरिने राजेन्द्र भवानी मन्दिरजस्ता स्थल धार्मिक पर्यटकीय आकर्षण हुन् । स्वरेकको पर्यटकीय आकर्षणलाई लक्षित गरी यहाँको पूर्वाधार विकास गर्न नेपाल पर्यटन बोर्ड पोखरा कार्याालयले आर्थिक वर्ष २०७३/७४ मा र २०७४/७५ मा सात/सात लाख रुपैयाँ लगानी गरिसकेको कार्यक्रम अधिकृत प्रदीपराज गैरेले जानकारी दिए । “स्वरेकमा प्याराग्लाइडिङको विश्वकप हुनुले यस ठाउँलाई खेल पर्यटनको पनि विशिष्ट गन्तव्यको पहिचान गराएको छ ,” उनले भने। रासस

प्रतिक्रिया दिनुहोस