९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा सुन्तलाको व्यापार बढ्यो

अ+ अ-

पोखरा । तिहारको आगमनसँगै पोखरा क्षेत्रमा सुन्तलाको व्यापार निकै बढेको छ ।

भाइटीका पर्वमा सुन्तला बढी बिक्री हुने गरेकोले मौसमी फल सुन्तलाको व्यापार बढेको हो । पोखराको फलफूल बजारमा छिमेकी स्याङ्जा, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ जिल्लाबाट भित्रिने गर्छ । ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, विर्तामोड, चारआली, दमक, लहान, पर्सा, हेटौँडालगायतका बजारमा थोकरुपमा बिक्री हुने गरेको छ ।

किसानले फलफूलका व्यापारीसँग मिलेर सात प्रतिशत मुनाफा लिएर सुन्तला बिक्री गर्छन् । पोखराबाट वर्षेनी रु २० देखि २५ करोड मूल्यको सुन्तला बिक्री हुने यस व्यवसायमा संलग्न केशव मैनालीले बताए । सुन्तलाको बोक्रा यतिखेर हरियोनै देखिन्छ । तर, तिहारको मागलाई ध्यानमा राखी विगत तीन चार दिनदेखि सुन्तला पोखरामा भित्रिन थालिएको हो ।

बोक्रा हरियो भए पनि मीठो रहेको स्थानीय ऋषिराम बरालले बताए । स्याङ्जाको भिरकुट नगरपालिकाको हेलु बस्ने किसान डब्बलप्रसाद अर्यालले आफूले रु ५० लाखको सुन्तला गत वर्ष बिक्री गरेको बताए । उनले भने, ‘आफ्नो र अरु किसानका बगैचाका सुन्तला खरीद गरेर व्यापारीलाई सात प्रतिशत कमिशनमा दिएर सुन्तला बिक्री गरिन्छ ।’ व्यवसायी मैनाली भने, ‘गत वर्ष मैले रु दुई करोडको सुन्तला बिक्री गरे ।’

अर्का, व्यापारी चन्द्र गुरुङले आफूले सुन्तला किसानसँग खरीद गरेर पोखराका साथै लहान, हेटौँडा र पर्साका सुन्तला व्यापारीलाई बिक्री गर्ने गरेको बताए । सुन्तलाको सानो दानाको कारण कहिलेकाहीँ घाटा पनि हुने गरेको उनले भने, ‘२८ क्विन्टल खरीद गरिएका सुन्तलामा चार क्विन्टल साना दाना रहेको छ ।

सरदर राम्रो सुन्तला प्रतिकिलो रु ६० मा बिक्री हुन्छ तर सानो दानाको मूल्य प्रतिकिलो रु १० निर्धारण गर्दा पनि बिक्री हुने सम्भावना नगण्य छ ।’ यसको व्यापार पहिलोपल्ट शुरु गगरेका दिलबहादुर गोतामेले तनहुँको बगैचाबाट सुन्तला खरीद गरिएको बताए । पहिलोपटक भएकाले मूल्य साथै सुन्तलाको पहिचान गर्न नसक्दा घाटा हुने सम्भावना रहेको बताए ।

बजारमा यतिखेर स्थानीयसाथै तराई पूर्वी क्षेत्रका व्यापारीको सुन्तला किनमेलमा व्यस्त छन् । टाढाका व्यापारीले ट्रकबाट सुन्तला लान्छन् । केही दिनपछि ठूलो परिमाणमा सुन्तलाको कारोवार हुने यस व्यवसायमा संलग्न व्यवसायी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस