९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग

अ+ अ-

पर्सा । मुस्लिम समुदाय भित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारसँग माग गरेका छन् ।

मानव सूचकाङ्कका आधारमा सबैभन्दा गरीब, बेरोजगार र शिक्षाको अवसरबाट बञ्चित रहेका मुस्लिम समुदायभित्रको दलितको जीवनस्तरलाई उकास्न सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।

नेपाल हवारी (धोवी) कल्याण समिति पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले हिन्दू समुदायभित्र रहेका विभिन्न जाति जस्तै मुस्लिम समुदायभित्र समेत दलित रहेको र उनको जीवनस्तर दयनीय अवस्थामा रहेकाले उनको जीवनस्तरलाई उकास्दै राज्यको मूल प्रवाहमा समावेश गर्ने दायित्व राज्यकै भएको बताए ।

नेपाल हवारी (धोवी) कल्याण समिति पर्साले अध्यक्ष युसुफ सफिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई प्रतिनिधिसभाका सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य जन्त अन्सारीलगायतका वक्ताले सम्बोधन गर्दै दलित सामुदायिक जीवनस्तरलाई उकास्न केन्द्र तथा प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस