७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गड्यौली टारमा दुई वर्षभित्र विद्युत् : मन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्ष भित्र विद्युतीकरण गरिने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घिसिङ गाउँपालिका–४ गड्यौली तनहुँद्वारा आज आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले वर्षौंदेखि नवलपुरको डेढ गाउँ र आसपासमा बत्ती बलेको टुलुटुलु हेरेर बस्न बाध्य स्थानीय बासिन्दाले छिट्टै विद्युत् सेवा उपयोग गर्न पाउने बताए ।

सो क्षेत्रको विद्युतीकरणको लागि सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतबाट दुई वटा सवस्टेशन निर्माण भइरहेको, गाउँपालिकाले रु ५० लाखमा नौ वटा ट्रान्फर्मर खरीद प्रक्रिया अगाडि बढेको जानकारी दिँदै मन्त्री गुरुङले भने,’लाइन विस्तारमा प्रदेश सरकारको सहयोग रहनेछ, दुई वर्षभित्र प्रदेशका ११ वटै जिल्लाका सबै घरमा उज्यालो पुर्‍याउने प्रदेश सरकारको लक्ष्य छ ।’ उनले भने, ‘उच्च जोखिममा रहेका काठेपोल विस्थापित गरी फलामे पोल विस्तार गरिनेछ ।’

नेकपा जिल्ला संयन्त्र सदस्य बिष्णुभक्त सिग्देलले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् जस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्न मुलुकका तीनवटै सरकारको पहिलो प्रथमिकतामा रहनुपर्नेमा जोड दिए। घिसिङ गाउँपालिकाका उपाध्यक्ष सरास्वती सिग्देलले जनताका अपेक्षालाई एकै पटक सम्बोधन गर्न नकिएपनि आवश्यकताअनुसार विकास निर्माणका काम अगाडि बढाएको बताए । तनहुँको भीमाददेखि ३१ किलोमिटरको दूरीमा कालीगण्डकी नदीको किनारामा अवस्थित कुमाल समुदायको बाहुल्यता रहेको उर्बर भूमि गड्यौलीटारमा सिँचाइको सुविधा पुग्न सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस