१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पैँतीस वर्षदेखि मैनतडावासी लालपूर्जाविहीन

अ+ अ-

सुर्खेत । भेरीगङ्गा नगरपालिका–८ सुर्खेत मैनतडावासीले ३५ वर्षदेखि भोग चलन गर्दै आएको जग्गाको लालपूर्जा पाएका छैनन् । जग्गा भएर पनि लालपूर्जा नपाउने नगरपालिकाको वडा नं ८ का बासिन्दा मात्र होइनन ६, ७, र ९ वडाका बासिन्दाको पनि समस्या उस्तै छ ।

मैनतडावासीले लालपूर्जाका लागि बेलाबेलामा गरेको प्रयास पनि सफल हुनसकेन । यस क्षेत्रको प्रतिनिधित्व गर्ने नेता तथा सरकारी तबरबाट पनि आफूहरुलाई सहयोग नभएको उनीहरूको गुनासो थियो ।

विसं २०३९ मा सुर्खेत जिल्ला मालपोत कार्यालयबाट नापनक्सा भए पनि १२३ जनाभन्दा बढीलाई लालपूर्जा नदिइएको जयबहादुर सुनारले बताए । विसं २०५३/५४ मा सो समस्या समधान गर्ने भनी आएको सरकारी समितिले यस गाउँका ९३ जनालाई लालपूर्जा दियो तर आफूहरुमाथि विभेद गरेको उनको भनाइ थियो ।

‘लालपूर्जा हातमा छैन, किनबेच गर्न पनि ठूलो समस्या भएको छ’, सुनारले भने, ‘घरायसी कागज बनाएर लेनदेन गरिरहेका छौँ भेरी बबइ बहुउद्देश्यीय आयोजनाका कारण ८ वडाको १४२ रोपनी जग्गा डुबानमा पर्दैछ । आयोजनाले मुआब्जाका लागि लालपूर्जा मागेको छ । पूर्जाविहीन यहाँका समुदायलाई अब भने झनै समस्या आइलागेको छ । ‘

सोहीस्थान निवासी सीता शर्माले जग्गा भएर पनि अहिलेसम्म सुकुम्वासीजस्तो जीवन जिउनुपरेको बताए । अब पनि चुप लागेर बसे आफ्ना लागि दुर्भाग्य हुने ठानेर अधिकार सम्पन्न जग्गा दर्ता समिति गठन गरी सो समितिबाट यहाँका समुदायलाई हालको भोगचलनका आधारमा जग्गाधनी प्रमणपत्र उपलब्ध गराउनुपर्ने मागपत्र बुधबार प्रदेश सरकारलाई बुझाएको उनको भनाइ थियो ।

दुई बुँदे मागपत्र बुझ्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कानून बनाएर यो समस्या समाधान गर्ने बताए । “कानून निर्माण भएसँगै हामी आयोग गठन गर्छौँ’, मन्त्री केसीले भने, ‘आयोगले पीडित समुदायको समस्या पहिचान, समधान तथा व्यवस्थापनमा सघाउ पुर्‍याउने छ ।’

अहिले त्यहाँ जग्गाको नापनक्सा भई फिल्ड किताबसमेत तयार भएपनि र लालपूर्जा नपाएका एक हजार ५०० घरधुरीले अझै लालपूर्जा पाउनेमा आशंका छ । दुई हजार ६६० घरधुरी रहेको मैनतडामा हाल दलित, क्षेत्री, ब्राम्हण जातिका समुदाय बसोवास गर्दै आएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस