दुल्लु । दैलेखको दुल्लुमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हनेमा दुल्लु नगरपालिका–८ दुवारीचाखाका स्थानीय ३ वर्षीय बालक मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिए । मृतक बालकका आमा टिपुरी नेपालीका अनुसार बुधबार अरिङ्गालको गोलामा जेठो छोराले जिस्क्याउँदा कान्छा छोरा मनिषलाई अरिङ्गालले टोकेको बताइन् ।
अरिङ्गालको टोकाइबाट पूरै शरीरमा विष फैलिएर गम्भीर अवस्थामा रहेका बालकलाई धेरै मात्रामा पानी खुवाएका कारण ज्यान गएको अहेव शाहीले बताए । उनका अनुसार बालकको दुल्लु अस्पतालमा पुर्याएपछि मृत्यु भएको हो ।