९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक दरबन्दी नहुँदा सुस्त श्रवणशक्ति भएका बालबालिकालाई अध्ययनमा समस्या

अ+ अ-

दुल्लु । दैलेखको नारायण नगरपालिका–१० भवानीका राज कुमार बस्नेत र मन कुमारी बस्नेतको सानो र खुशी परिवार । आठ वर्ष अघि उनीहरुको परिवारमा पहिलो सन्तानको रुपमा अर्जुन बस्नेत जन्मिए तर, सुस्त श्रवणशक्ति लिएर । त्यसको तीन वर्ष पछि पुनः दोस्रो सन्तानको रुपमा प्रवीण बस्नेतको जन्म भयो, उनमा पनि त्यही समस्या । दुई वटै छोरा जन्मजातै सुस्त श्रवण भएर जन्मिएपछि अर्जुन र प्रवीणका बुबा कान्छी श्रीमती लिएर भारत हिँडे । त्यसपछि शुरु भयो अर्जुन र प्रवीणका दुःखका दिन । कान्छी श्रीमती लिएर भारत हानिएका बुबा फर्केर आएनन् । दुई दाजुभाइ अर्जुन र प्रवीणकी आमा सँगै थिइन् । आर्थिक अवस्था कमजोर भएपछि आमा मनकुमारीलाई दुई सन्तानलाई शिक्षा दिन हम्मेहम्मे पर्‍यो

सुस्त श्रवणशक्ति भएर जन्मिएका छोराहरुलाई अन्य बालबालिका पढ्ने विद्यालयमा पढ्न पठाउन पनि सम्भव थिएन । आमा मनकुमारी माइतीघरको शरणमा पुगिन् । अहिले दुई दाजुभाइ नै सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रको संरक्षणमा छन् ।

अर्जुन र प्रवीण जस्तै भगवतीमाई गाउँपालिका–५ पगनाथका गंगा र जमुनाको कथा अलि फरक छ । गंगा र जमुना जुम्ल्याहा छोरीहरु हुन् । पगनाथमा बसोबास गर्दैआएका कुल बहादुर विष्ट र सितला विष्टबाट लगातार पाँच सन्तान सुस्त श्रवणशक्ति लिएर जन्मिए । तीन छोरा र दुई छोरीमा सबै त्यही कमजोरी लिएर जन्मिएपछि पहिलो छोरालाई आर्थिक अभाव र साङ्केतिक भाषाको पढाइ हुने विद्यालय थाहा नपाएर पढाउन पाएनन् । उनी अहिले भारत जाने गर्छन् । दोस्रो र तेस्रो सन्तानमा रुपमा जन्मिएका प्रेम विष्ट र निर्मल विष्ट सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रको संरक्षणमा कक्षा ५ सम्मको अध्ययन पछि माथिल्लो कक्षा अध्ययनका लागि अन्यत्र पठाइसकिएको छ । पछिल्ला दुई छोरीहरु गंगा र जमुना पनि सुस्त श्रवण भएर जन्मिएपछि त्यही स्रोत कक्षा–केन्द्र पठाइए ।

उनीहरु जस्तै दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका १३ वर्षीया टोपेन्द्र बहादुर शाही पनि सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रको संरक्षणमा पढिरहेका छन् । टोपेन्द्रका बुबाको पाँच वर्ष अघि ज्यान गयो । भर्खरै केन्द्रको संरक्षणमा आएका टोपेन्द्र बाबुको मृत्यु पछि घर पुगे । हिन्दु परम्पराअनुसार काजकिरिया सकेर पुनः केन्द्रमा फर्किएका उनी अहिले पनि स्रोत कक्षा–केन्द्रको संरक्षणमा बसेर आफ्नो भविष्य खोज्दै छन् । यी सबै सुस्त श्रवणशक्ति भएका बालबालिका हुन् । जिल्लाभर १६ जना बालबालिका अहिले स्रोत कक्षा–केन्द्रको संरक्षणमा छन् । वि.सं. २०६२ जेठ १० गतेदेखि दैलेखको नारायण नगरपालिका–६ भुर्तीस्थित रेडक्रस माध्यमिक विद्यालयमा सञ्चालनमा ल्याइएको यो केन्द्रमा रहेका बालबालिकाले पढाइमा विभिन्न समस्या झेल्दै आएका छन् । उज्ज्वल भविष्यको सपना देखेर केन्द्रमा आएका ती बालबालिकाले केही सुविधा पाएको भए पनि आफूहरुको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गर्दैआएका छन् ।

दरबन्दी बिना साङ्केतिक भाषाको पढाइ

जिल्लाको एक मात्र सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रमा साङ्केतिक भाषाको कक्षा शुरु भएको १३ वर्ष बित्यो । सुस्त श्रवण र बहिरा स्रोत कक्षा सञ्चालन गरिरहेको नारायण नगरपालिका–६ भुर्तीस्थित रेडक्रस माध्यमिक विद्यालयमा साङ्केतिक भाषाको दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । विसं २०६२ देखि शुरु भएको स्रोत कक्षामा १३ वर्षदेखि शिक्षक दरबन्दी रिक्त छ । स्रोत कक्षामा १ देखि कक्षा ५ सम्म १६ जना विद्यार्थी अध्ययनरत छन् । साङ्केतिक भाषाको दरबन्दी नहुँदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको काजमा बसेर साङ्केतिक भाषा पढाइरहेका स्रोत शिक्षक लक्ष्मीप्रसाद रेग्मीले बताए । काजमै भए पनि एक जना शिक्षकले पढाउँदै आएका छन् ।

यसअघि धन बहादुर केसी काजमा आएर अध्यापन गराएका थिए । विगत दुई वर्षदेखि शिवशक्ति माध्यमिक विद्यालय सल्लेरीमा दरबन्दी भएका शिक्षक रेग्मीले स्रोत कक्षा धानिरहेका छन् । स्रोत कक्षामा अहिलेसम्म दरबन्दीको व्यवस्था नगरेको स्रोत शिक्षक रेग्मीले बताए । विद्यार्थीले चाहेका बेला खाद्यान्न, शैक्षिक सामग्री खरिदका लागि खर्च लगायतका सुविधा पाउन नसकेको उनको भनाइ छ ।

विद्यालयमा पर्याप्त पूर्वाधार नहुँदा विद्यार्थीहरू विद्यालय जान मान्दैनन् । बालबालिका पनि नियमित आउँदैनन् । कक्षा ५ सम्म मात्र पठनपाठनको व्यवस्था भएकाले माथिल्लो तहको शिक्षा लिन उनीहरूलाई समस्या छ । जिल्लामा माथिल्लो तहको कक्षा सञ्चालन नहुँदा पढाइ छोड्ने क्रम समेत बढेको छ । “विद्यालयका अन्य विद्यार्थीलाई कम्प्युटर, खेलकूद सामग्री, शैक्षिक सामग्री दिइन्छ,” टोपेन्द्र बहादुर शाहीले साङ्केतिक भाषामार्फत भने, “हामीलाई पनि ती सुविधा भए पठनपाठनमा सहज हुन्थ्यो ।” स्रोत कक्षा सञ्चालन गरिए पनि त्यसको व्यवस्थापन हुन नसक्दा पठनपाठनमा समस्या भइरहेको स्रोत शिक्षक रेग्मीले बताए ।

प्रत्येक दिन एक विषय मात्रै पढाइ

कक्षा १ देखि ५ सम्म पढाइ हुने स्रोत कक्षामा एक दिनमा एक विषय मात्रै पढाइ हुने गरेको छ । कुल १६ जना बालबालिका रहेको उक्त स्रोत कक्षामा शिक्षक अभावका कारण एक दिनमा एक विषय मात्रै पढाउनुपर्ने बाध्यता रहेको छ । शिक्षक रेग्मीका अनुसार स्रोत कक्षाका लागि बहुकक्षा शिक्षण विधिबाट अध्यापन गराइन्छ । कक्षा १ देखि ५ सम्म आइतबार अङ्ग्रेजी विषय पढाइ हुन्छ । यस्तै, सोमबार नेपाली, मङ्गलबार गणित, बुधबार विज्ञान, स्वास्थ्य तथा शारिरीक शिक्षा र बिहीबार सामाजिक शिक्षा पढाइ हुन्छ । यसैगरी, शुक्रबार अङ्ग्रेजी, गणित पढाइ हुनाका साथै अतिरिक्त क्रियाकलापमा चित्रकला तथा खेलकूद सिकाउने गरिएको छ ।

केन्द्रमा जिल्लाका ११ वटै स्थानीय तहका १६ बालबालिका रहेका छन् । नारायण नगरपालिका–२ का १६ वर्षीया बालिका मीना कुमारी बुढा भर्खरै एक कक्षामा भर्ना भएकी छिन् । उनी जस्तै महावु गाउँपालिकाकी सीता कुमारी कार्की र लछुमन विष्ट पनि केन्द्रकै संरक्षणमा छन् । नौमूले गाउँपालिकाका राहुल गुरुङ्ग, नारायण नगरपालिकाका अर्जुन बस्नेत र प्रवीण बस्नेत, दुल्लु नगरपालिकाकी उमा खड्का, नारायण नगरकी सदिक्षा बुढा, पश्चिममा पर्ने आठबिस नगरपालिकाका कल्पना बुढामगर र कलम बहादुर शाही पनि केन्द्रकै संरक्षणमा छन् । यस्तै, गुराँस गाउँपालिकाका बृष बहादुर सुनार, चामुण्डाकी पद्मकला रेग्मी, भगवतीमाई गाउँपालिकाका गंगा विष्ट र जमुना विष्ट, लयाटीका टोपेन्द्र बहादुर शाही र नारायण–६ का गीता कुमारी बुढा पनि केन्द्रमा बसेर उज्ज्वल भविष्य खोजिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस