९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण भेगका महिला दुनाटपरी उद्योगतर्फ आकर्षित

अ+ अ-

बेझाड । ग्रामीण भेगका महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ ।

पाल्पाको रामपुर नगरपालिका–४ काँसजरीस्थित चेतनामूलक आमा समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो । दुनापटरी उद्योग गाउँका महिलाका लागि आयआर्जन गर्ने माध्यम बनेको छ । जङ्गलमा खेर गएका सालको पातबाट उनीहरुले दुनापटरी बनाउँदै आएका छन् । महिलाले फुर्सदको समयलाई सदुपयोग गरी घरायसी कामकाजसँगै दुनापटरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् ।

‘साँझ–बिहान घरको काम सकाएर दिउँसो फुर्सदमा दुनाटपरी बनाउन थाल्छु,’ स्थानीयवासी सञ्जु मल्लले भने,’घरमा दिनभर टिभी हेरेर तथा छिमेकीसँग गफ गरेर समय बित्दथ्यो, अहिले सालको लाफा लगाउने र समूहलाई बिक्री गर्न पाइएको छ ।’ सालको लाफा लगाएर छोराछोरीको पढाई खर्च, खाजाखर्च र घरायसी खर्च चलाउन सजिलो भएको उनको भनाइ छ । काँसजरी क्षेत्रका महिला अहिले सालको लाफा लगाउने कार्यमा कस्सिएका छन् ।

स्थानीयवासी सीता मल्लको दैनिकी पनि हिजोआज जङ्गल गई सालको पात टिप्ने र लाफा लगाउने कार्यमै बित्ने गरेको छ । यस व्यवसायबाट आयआर्जन गर्न सहज भएको उनले बताए । ‘विगतमा रोजगारी सिर्जना हुने खालको उद्योग नहुँदा निकै दुःख झेल्नु पथ्र्यो, अहिले गाउँमै आम्दानी गर्न सक्ने भएका छौँ,’ मल्लले भने ।

तीन महीनाअघि यहाँ उद्योग सञ्चालनमा आएको हो । आमा समूहका सदस्यले पालैपालो आफैँ उपकरण चलाएर दुनाटपरी उत्पादन गर्ने गर्छन् । अहिले गाउँघरमा हुने शुभकार्य, विवाह, व्रतबन्धलगायत कार्यमा दुनाटपरीको माग बढ्न थालेको आमा समूहका अध्यक्ष शोभाकुमारी खड्काले बताए । ‘गाउँघरमा भोजभतेरको समयमा प्लास्टिकका सामान प्रयोग हुने गरेकामा अहिले दुनाटपरीको प्रयोग हुन थालेको छ,’ उनले भने । एक सय थान टपरी रु २५० तथा १२० थान दुना रु एक सयमा बिक्री हुँदै आएको छ ।

आमा समूहले रामपुर नगरपालिकालाई प्लास्टिकमुक्त नगर घोषणा कार्यक्रममा सघाउ पुर्‍याउने उद्देश्यका साथ सो उद्योग सञ्चालनमा ल्याएको हो । रु ३ लाख ५० हजारको लागतमा दुई उपकरण खरीद गरी दुनाटपरी उत्पादन थालेको आमा समूहका पूर्वअध्यक्ष सीमादेवी राना बताउछन् । समूहमा आबद्ध महिलाले मात्र नभई अन्य महिलाले पनि सो कार्य गर्दै आएका छन् ।

महिला उद्योग–व्यवसाय चलाएर आफैँ उद्यामी बनेका छन् । सो उद्योगमा महिलाको आकर्षण बढ्दै गएको छ । उद्योगलाई निरन्तर सञ्चालन गर्न सकेमा महिलालाई स्वरोजगार बन्न मद्दत पुग्ने देखिन्छ ।रासस

प्रतिक्रिया दिनुहोस