१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाका तीन खेलाडी अन्तिम चारमा

अ+ अ-

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका तीन खेलाडी योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुष्ष एकल तर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगितामा सेनाका रत्नजित तामाङ्ग पुलिसका निर बिक्रम देवकोटालाई २१.१७, २१.१८ ले पन्छाउँदै अन्तिम चारमा पुगेका हुन् । अव तामाङ्गले आफ्नै क्लबका राकेश महर्जनको सामना गर्ने छन् । राकेशले पुलिसका बिष्णु कटुवाललाई २१.१६, २१.१९ ले पाखा लगाए । यस्तै सेनाका अर्का खेलाडी नविन श्रेष्ठले भोजपुरका बिकास श्रेष्ठलाई २१.१९, २१.११ ले पन्छाए । श्रेष्ठले फाईनल प्रवेशका लागि एपिएफका दिपेश धामीको सामना गर्ने छन् । दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१.१६, २२.२० ले पराजित गरे ।

महिला एकल तर्फ नेपाली सेनाका दुई र एपिएफका दुई खेलाडीले अन्तिम चारको यात्रा तय गरे । बिहिबार सम्पन्न क्वाटरफाईनल खेलमा सेनाका नङ्गशल देवी तामाङ्ग बाँकेकी संझना शर्मालाई २१.१२, २१.८ ले पछाडी पार्दै सेमिफाईनलमा स्थान बनाउन सफल भईन् । तामाङ्गले फाईनल प्रवेशका लागि एपिएफकी शोभा गौचनको सामना गर्ने छिन् । शोभाले सेनाकी अनुमाया राईलाई २१.१७, २१.१९ ले पन्छाईन् । यस्तै सेनाकी रशिला महर्जनले गत सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङ्ग संग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छिन् । रशिलाले सेनाकै रञ्जना भट्टलाई २१.१४, २१.१३ तथा जेशिकाले सेनाकी अमिता गिरी माथि १९.२१, २१.१५, २१.११ को जित निकाले ।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु—१७ ब्वाईज तर्फको खेलमा नेपाली ब्याडमिन्टनको ईतिहासमा सवै भन्दा ठुलो उपलब्धी अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका सिल्क ग्रुपका प्रिन्स दाहालले कैलालीका जेबी साउदलाई २१.७, २१.९को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको टिकट काट्न सफल भए । यस्तै अन्तिम चारमा स्थान बनाउने क्रममा जेष्ट ब्याडमिन्टनका प्रियान्सु सिंह क्षेत्रीले दाङ्गका हिमांशु कुँवरलाई २१.११, २१.१८, सेनाका दिवश शंकरले कैलालीका अमृत चौधरीलाई १९.२१, २१.११, २१.१३ तथा जेष्टका पेम्बा शेर्पाले कंचनपुरका हिमाल चन्दलाई २१.११, २१.१३ ले पन्छाए ।

पुरुष युगल तर्फको खेलमा सेना र एपिएफले अग्रता लियो । एपिएफका दिपेश धामी र विजित थापा मगर तथा गौतम कठायत र सुनिल जोशीको जोडी अन्तिम चारमा पुग्यो । धामी र मगरको जोडीले पुलिसका दिपक बोहरा र जीवन आचार्यको जोडी माथि २१.१६, २१.१७ को जिन निकाल्यो । यस्तै गौतम र सुनिलको जोडी बाँकेका ईरफान अन्सारी र रियाज अन्सारीको जोडीमाथि २१.१५, २१.१६ को जित निकाल्दै सेमिमा स्थान बनाए । यसैगरी सेनाका राकेश महर्जन र प्रफुल महर्जनको जोडी तथा रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले पनि सेमिमा स्थान पक्का गरे । राकेश र प्रफुलको जोडीले एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१.१६, २१.१७ तथा रत्न र नविनको जोडीले पुलिसका बिष्णु कटुवाल र अनिश श्रेष्ठको जोडीलाई २१.१७, २२.२० ले पराजित गरे ।

यु—१७ गल्र्स तर्फ सेनाका रशिला महर्जन र रञ्जना भट्ट तथा मोरङ्गका रोज पाण्डे र सिमा राजबंशी अन्तिम चारमा पुगे । सेनाकी रशिलाले जेष्टकी डिमोना के.सीलाई २१.२, २१.४ तथा रञ्जनाले झापाकी अञ्जना राईलाई २१.१६, २१.१५ ले पाखा लगाए । यस्तै मोरङ्गकी रोजले जेष्टकी स्मृती राईलाई २१.५, २१.१३ तथा सिमाले कंचनपुरकी बिष्णा बिष्टलाई २१.८, २१.९ ले हराए । अव सेमिमा रशिलाले रोजको तथा सिमाले रञ्जनाको सामना गर्ने छन् ।

यसैगरि प्रतियोगिताको महिला युगल तर्फ सेनाका अनुमाया राई र अमिता गिरीको जोडीले सेमिफाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको सामना गर्ने भएका छन् । राई र गिरीको जोडीले जेष्टका ज्योती लिम्बु र दिना पुनको जोडीलाई २१.१५, २१.१२ तथा श्रेष्ठ र गुरुङ्गको जोडीले जेष्टकै स्मृती राई र साफि खत्रीको जोडीलाई २१.७, २१.५ ले पराजित गरे । यस्तै अर्को प्रतिस्पर्धा सेनाका नङ्गशल तामाङ्ग र रशिला महर्जनको जोडीले भोजपुर र बाँकेका सिता राई र संझना शर्माको जोडीविच हुने छ ।

तामाङ्ग र महर्जनको जोडीले जेष्टका तारा आले र मनिषा खड्काको जोडीलाई २१.८, २१.४ ले तथा राई र शर्माको जोडीले मोरङ्गका सिमा राजबंशी र रोज पाण्डेको जोडीलाई २१.८, २१.१४ ले पाखा लगाए ।

 

नेपाली युथ फिटनेश तथा क्यालिस्थेनिक्स प्रतियोगिता शनिबार हुने

नेपाली युथहरुको तन्दरुस्ति संग सम्वन्धित युरोप र अमेरिकामा प्रचलित तथा नेपालमा निकैनै नौलो प्रतियोगिता नेपाली युथ फिटनेश तथा क्यालिस्थेनिक्स प्रतियोगिता शनिबार हुने भएको छ ।

नेपाली युथ फिटनेश एण्डको आयोजनामा हुने प्रतियोगिताहरु तन्दुरुस्तिका लागि गरिने शैनिक तालिम तथा जिम्न्यास्टिकमा जस्तै बारमा खेल खेलिने छ ।
स्ट्रङ्गेष्ट टुगेदर फर द लभ अफ वर्कआउट भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा ७२ तन्दरुस्त खेलाडीह?को सहभागिता रहने प्रतियोगितामा बार वर्कआउट तर्फ खुलामा स्ट्रिक्ट पुल अपस् विद ट्याप, बार डिप्स, टोज् टु बार र मसल्स अप विद बार पेस रहेका छन् । यस्तै सर्किट वर्कवाउट (पुरुष महिला) तर्फ टायर फ्लिप (१०० केजी), बक्स जम्प (२४ इन्च), पुस प्रेस १२.५ केजी डमवेल), पिस्टल स्क्वाट्स र पुरुषका लागि फारमर्स क्यारी (२० लिटर जार) तथा महिलाको लागि फारमर्स क्यारी (१५ लिटर जार) को प्रतिस्पर्धा गराईने छ ।

प्रतियोगितामा बारमा उच्च तीन स्थान प्राप्त गर्नेलाई नगद २०, १० र ५ हजार तथा सर्किटमा शिर्ष तीन स्थान हात पार्नेले नगद १०, ६, ४ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकका अध्यक्ष सुकदेव कार्कीले जनाएका छन् ।

मंसिर १ गते हुने प्रतियोगिता क्यालिस्थेनिक्स पार्क, शान्ति नगर बौद्धमा विहान ९ बजे देखि हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस