८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक पेशा छाडेर तरकारी खेतीबाट सन्तुष्ट

अ+ अ-

सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् ।

५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ ।  विसं २०५३ मा उनी नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक थिए । पछि त्यो पेशालाई छाडेर उनी तरकारीखेती गर्न लागे। उनले शुरुमा काँक्रा फलाए र स्थानीय बजारमा लगेर रु  ५ देखि १० मा बिक्री गर्न थाले । उनले गरेको काम देखेर उनका साथीसङ्गी अचम्मित भए ।

शिक्षक जागिर छाडेर कृषि गर्न लागेका शर्मालाई त्यतिबेला गाउँलेसमेतले पागल बनाए । यद्यपि गाउँलेको भनाइका पछि उनी कहिल्यै लागेनन् । काँक्रो फलाएर तरकारीखेती शुरु गरेका शर्मा भने यतिबेला सबैका प्रेरणाका स्रोत बनेका छन् । हिजो पागल बनाउने गाउँले आजभोलि उनकै बारीमा आएर ताजा तरकारी किन्छन् र भन्छन्, ‘अहिले तपाईंको तरकारीखेती र श्रम देखेर हामी पागल हुन्छौँ’, शर्माले गोलभेडा, काउली, बन्दा, काँक्रा, प्याजलगायतका तरकारी फलाउँदै आएका छन् ।

‘करीब २२ वर्षदेखि तरकारी नै बेच्छु’, उनले भने, ‘आफ्नो खर्च कटाएर मासिक रु ४० देखि ५० हजार आम्दानी गर्छु ।’ ‘नेपालमा सबैभन्दा स्वाभिमान पेशा हो भने, त्यो कृषि नै हो’, उनले थपे, ‘जहाँ किसान स्वयंले उत्पादित वस्तुको मूल्य निर्धारण गरेर अरुलाई बेच्छ । आफैँले चाहेको ताजा तरकारी खान्छ र सधैँ श्रमशील जीवनसँगै कृषि पाठशालामा रमाएर स्वच्छ खाना, हावापानीको प्रयोग गर्दछ ।’

लेकबेँसी नगरपालिकाका अगुवा कृषकका रुपमा मानिने शर्माले दुई रोपनी जमीनमा तरकारी खेती गर्छन् । उनको त्यही व्यवसायको सहयोगले परिवारका छ सदस्यमा एक छोरा नेपाल प्रहरी र अर्को नेपाली सेनामा जागिर भए भने दुवै बुहारी स्नातक तहमा अध्ययनरत छन् । बाह्रै महीना सडक सञ्चालन नहुँदा लेकबेँसीका कृषकको उत्पादित वस्तुको बजारीकरणमा समस्या भएको उनको भनाइ छ ।

दाम, नाम र माम दिलाउने कृषि पेशा नेपालमा कमजोर दृष्टिले हेरिनु दुर्भाग्य भएको उनले प्रतिक्रिया दिए । शर्मा भन्छन्, ‘खाडी मुलुकमा हाम्रा युवा ५०/५५ डिग्री सेन्टिग्रेडको ताप र चापमा काम गर्दा ठूलो ठान्छन् तर आफ्नै देशमा पसिना चुहाएर कृषि व्यवसाय गर्न लाज मान्छन् ।’आफ्नो देश, श्रम र पेशालाई सम्मान गर्न नसकेकै कारण नेपाल र नेपाली पछि परेको उनले गतिलो जवाफ दिए ।

रासससँग कुरा गर्दै शर्माले नेपालको कृषि नीति किसानमैत्री नभएको गुनासो गरे । राजनीतिक स्वार्थका कारण उत्पादनमा कमी आएको आरोप लगाउँदै कृषिमा प्राविधिक ज्ञान र व्यवहारिक तालिम नभए यसको क्रान्ति कुरामा मात्र सीमित हुने उनको बुझाइ छ ।

समृद्धि कृषि सहकारी संस्था लिमिटेड सुर्खेतको संस्थापक उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका शर्माले आजभोलि गाउँका किसानलाई तरकारीखेती गर्ने विधि, बीउबिजनको गुणस्तर छनोट, रोग किरा नियन्त्रण, जैविक विषादी निर्माण तथा उत्पादनका विषयमा पनि किसानलाई सिकाउँदै आएका छन् । लेकँबेसी नगरपालिकालाई तरकारी पकेट क्षेत्रका रूपमा घोषणा गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस