९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहुँचको भरमा योजना छनोट गर्ने प्रवृत्ति हटाउनुपर्छ : मुख्यमन्त्री भट्ट

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा विकासका योजना छनोट गर्ने प्रवृत्तिले प्रभावकारी कार्यान्वयनमा समस्या उत्पन्न हुने गरेको बताएका छन् ।

राष्ट्रिय योजना आयोगको पहलमा आजदेखि यहाँ शुरु भएको ‘दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास’ कार्यक्रममा उनले पहुँचका आधारमा योजना बन्ने प्रवृत्ति हटाउन नसकिए समृद्धि नआउने धारणा व्यक्त गरे ।

बदलिँदो परिवेशमा जनताको माग र आवश्यकताअनुसारका योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्रीले भने,’नजीकको नाता र ठूलो मान्छेका आधारमा योजना बन्ने प्रवृत्तिले योजनाको कार्यान्वयनमा समस्या छ ।’ कुन तहका योजनालाई कुन सरकारले अगाडि बढाउने भन्ने विषयमा हाल देखिएको अन्यौलता हटाउन पहल गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले आयोगले अहिले दीर्घकालीन सोच बनाउने, पन्ध्रौँ योजना बनाउने, तहगत रुपमा समन्वयका काम गर्ने, तथ्याङ्क प्रणाली बलियो बनाउनेलगायत कामलाई प्राथमिकता दिएको बताए। आयोगका सदस्य सुशील भट्टले विकाससम्बन्धी योजनाहरुलाई परिणाममुखी बनाउने गरी आयोगले आवश्यक योजना बनाइरहेको जानकारी गराए ।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीलगायतले दिगो विकास मैत्री योजना र तिनको कार्यान्वयनको बारेमा बोलेका थिए। तीनदिने उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सहसचिव, प्रदेशसभाका विषयगत समितिका सभापति, सभामुख, उपसभामुख लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस