९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टेग्रिटी आइडल नेपाल २०१८ का उत्कृष्ट पाँच कर्मचारी सार्वजनिक

अ+ अ-

काठमाडौँ । सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने पाँच जना उत्कृष्ट कर्मचारीलाई ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ घोषणा गरिएको छ ।

एकाउन्ट्याविलिटी ल्याब नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सेवाग्राहीको कामप्रतिको मूल्याङ्कनका आधारमा पाँच जना कर्मचारीलाई आइडल घोषणा गरेको हो ।

उत्कृष्ठ पाँचजनाभित्र परेका कर्मचारीमा तरकारी बाली विकास केन्द्र खुमलटार ललितपुरका वरिष्ठ बागवानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, युवा तथा खेलकूद मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौड्याल, बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ र वीरेन्द्रनगर नगरपालिका नगर स्वास्थ्य कार्यलयमा कार्यरत अनमी सीताकुमारी शर्मा रहेका छन् ।

सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएको ल्याव प्रमुख नारायण अधिकारीले बताए ।

छनोट समितिका सदस्य तथा नेपाल प्रशासन प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले स्थलगत कामको मूल्याङ्कन, सेवाग्राहीसँगको व्यवहार, नैतिकवान् र इमान्दारजस्ता मापदण्डका आधारमा आइडल कर्मचारीको छनौट भएको बताए ।

छनोट समितिका अर्का सदस्य तथा प्रशासनविद् काशीराज दाहालले धेरै कर्मचारीबाट पाँच जना छनोट गर्न कठिन भएपछि उत्कृष्ट कर्मचारी छनोटले नेपालको सार्वजनिक प्रशासन सुधारमा सहयोग पुग्ने धारणा राखे ।

सन् २०१४ देखि इन्टेग्रिटी आइडल घोषणा गर्दै आएको ल्याबले गत वर्ष पुसमा कर्मचारीलाई आवेदन दिन माग गरेको थियो । यस वर्ष, देश भरिका ७२ जिल्लाबाट एक हजार ६२ कर्मचारीले आवेदन दिएको ल्यावले जनाएको छ ।

आवेदन दिएका कर्मचारीहरुमध्ये पाँच जनालाई कामप्रतिको जिम्मेवारी, उत्तरदायित्व, सेवाग्राहीसँगको व्यवहारका लगाएत अन्य मापदण्डका आधारमा स्थलगत अध्ययनपछि छनोट गरिएको ल्याबका प्रमुख अधिकारीले बताए । छनोटमा परेकामध्ये एक जना एसएमएस र अनलाइन मतबाट सर्वोकृष्ट कर्मचारी घोषणा गरिने उनले बताए ।

छनोटमा परेका उत्कृष्ट पाँच कर्मचारीलाई यही मङ्सिर २१ गते एक कार्यक्रम गरी आइडल प्रदान गरिने छ ।

सरकारी अधिकारीलाई जनताप्रति उत्तरदायी बनाउने उद्येश्यले शुरु गरिएको यस अभियान अन्तर्गत सन् २०१४ मा पाँचथरका तात्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल ईन्टेग्रिटी आइडल बनेका थिए भने सन् २०१५ मा गुल्मीका तात्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल बिजेता घोषित भएका थिए । सन् २०१६ को विजेता शिद्धबाबा उमावि गुल्मीकै शिक्षक डोर विक्रम श्रीष भएका थिए । सन् २०१७ को ‘इन्टिग्रिटी आइडल’को उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्राप्त गरेका थिए । नेपालबाट सुरु भएको यो अभियान पाचौँ संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान र मालि लगायतका देशमा विस्तार भैसकेको छ भने मेक्सिको र ब्राजिल लगायतका देशहरूमा यो कार्यक्रम सुरु हुने प्रकृयामा रहेका ईन्टेग्रिटी आइडल नेपालले जनाएको छ ।

र यो पनि,

इन्टेग्रिटी आइडल नेपाल २०१६ का उत्कृष्ट पाँच फाईनलिष्टहरु

‘इन्टेग्रिटी आइडल २०१७’ को उपाधी शेष नारायण पौडेललाई

जनताको सेवामा समर्पित हुन थप हौसला प्रदान गरेको छ

इन्टेग्रिटी आइडलले अझै जिम्मेवारी थपेको छ

कामको मूल्यांकन भए जस्तो लागेको छ

इन्टेग्रिटी आइडलले सार्वजनिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ

इन्टेग्रिटी आइडलले नयाँ पहिचान दिएको छ

इन्टेग्रिटी आइडलका उत्कृष्ट ५ छनोट

प्रतिक्रिया दिनुहोस