९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेद औषधालयमा चिकित्सक, औषधिको अभाव

अ+ अ-

काठमाडौं । वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन् ।

६ जना चिकित्सकको दरबन्दी रहेको औषधालयमा उपचार गर्न जाँदा काजमा बसेका कर्मचारी मात्र भेटिने गरेको बिरामीको गुनासोे छ । काजमा बसेका तल्लो तहको कर्मचारी मात्र कार्यालयमा बस्दा गुणस्तरीय चिकित्सकीय सुविधा पाउनबाट बिरामी वञ्चित हुनुपरेको उपचार नपाई फर्केका योगकृष्ण वैद्यले बताए ।

आयुर्वेद औषधालयमा २२ प्रकारका औषधि निःशुल्क पाउने सरकारको नीतिगत निर्णय रहेपनि यो औषधालयमा त्रिफला चूर्णसमेत छैन । औषधालयका प्रमुख चिकित्सक डा.रुपेन्द्र पुरी बजेट अभावमा धेरै प्रकारका चूर्ण सकिएको बताउछन् । ‘गत वर्षदेखि स्थानीय सरकारमार्फत् औषधालय सञ्चालन हुन थालेपछि दुईतिर काम गर्नुपर्ने भएकाले औषधालयमा चिकित्सक नभेटिएको हो, गतवर्ष काठमाडौं महानगरपालिकाले औषधालय चलाएको थियो, यसवर्ष प्रदेश सरकारले सञ्चालन गर्ने भनिए पनि महानगरमार्फत् नै बजेट विनियोजन भएको छ’–उनले भने ।

एकजना कर्मचारी लामो बिदामा बसेको र एक जनाको दरबन्दी खाली रहेको औषधालयले जनाएको छ । औषधालयलाई वाग्मती अञ्चलमा सञ्चालन हुने आयुर्वेद क्लिनिक दर्ता लगायत नियमन गर्ने अधिकार समेत दिइएको छ । चावहिलको ब्रह्मविज्ञान क्लिनिक तथा आयुर्वेद उपचार केन्द्रका वैद्य अर्पण बस्नेत पटक/पटक धाउदा पनि कार्यालय प्रमुख नभेट्दा काम नभएको बताउछन् ।

औँषधालयमा आयुर्वेद विभागबाट केही औषधि आउने गरेको छ । बाँकी औषधि खरीद गर्न गतवर्ष महानगरपालिकाले रु तीन लाख बजेट छुट्याएको थियो । यसवर्ष रु तीन लाख विनियोजन भएको छ । विनियोजित बजेटबाट महानगरपालिकाले नै औषधि खरीद गरी औषधालयलाई दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस