१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवनको ज्योति चम्काउन सफल कीर्तिमानी खेलाडी राना

अ+ अ-

काठमाडौं । ‘खेलकूदमा विश्वलाई परिवर्तन गर्ने शक्ति हुन्छ, यसमा मानिसलाई उत्प्रेरित गर्ने शक्ति हुन्छ, खेलकूदले मानिसलाई यसरी एकताबद्ध गर्छ की जुन कुरा अन्यबाट कम सम्भावना छ, जहाँ विगतमा निराशा मात्र थियो त्यहाँ खेलकूदले आशा जगाउनसक्छ’ नेन्सल मण्डेलाको यो भनाइ दृष्टिविहीन ओलम्पियन एवं कृतिमानी खेलाडी विक्रमबहादुर रानाको जीवनसँग मेल खाएको छ ।

नेपाली सेनाका सहायक सेनानी एवं पाराओलम्पियन बैतडीका विक्रमबहादुर रानाको जन्मदा स्वस्थ जीवन एउटा दुर्घटनाले शारीरिक अशक्तता बनायो । २०५६ सालमा नेपाली सेनामा भर्ती भएपछि सशस्त्र द्वन्द्वका बेलामा २०६० भदौ २६ गते तत्कालीन माओवादी विद्रोहीले थापेको एम्बुसमा परी उनका दुबै आँखाको ज्योति गुम्यो ।

आफ्नो हेर्न शक्ति खोसिएपछि विरक्तिएका रानाको अथक मेहनत र परिश्रमले अहिले उहाँलाई दृष्टिविहीन क्रिकेटका वादशाहका रुपमा स्थापित गराएको छ । रानाले काठमाडौं–नुवाकोट कुर्केभञ्ज्याङको चेकप्वाइन्ट जाने क्रममा एम्बुसमा परेर दुबै आँखाका नानी गुमाउनुप¥यो ।

उक्त घटनालाई सम्झँदै रानाले भने, ‘घटनामा दुईजना सहकर्मी साथी गुमाएँ, तीन दिनसम्म होश आएको थिएन, छाउनी अस्पतालमा उपचार भयो, दायाँ पूरै गुमिसकेको र बाँया अलिअलि देख्ने गरेको थियो त्यो पनि उपचारका क्रममा गुम्यो । सञ्चारको युग थिएन, दुई महीनापछि घर परिवारले थाहा पाए, सडक सञ्जालले पनि नछोएको हाम्रो विकट गाउँमा पर्दछ ।’

रानाले भने, ‘त्यति बेला आफूलाई म मात्र हो यो संसारमा अपाङ्गता भएको व्यक्ति जस्तो लाग्थ्यो । बाँचेर पनि केही हुदैन अब म मर्नुको विकल्प छैन भनिठान्थे, जीवनप्रति वितृष्णा जागेर आउँथ्यो ।’ अस्पतालमा छ महीनाको उपचारपछि युद्ध भैरव गणअन्तर्गतको नं १० बाहिनी गएका राना त्यहाँ आइसकेपछि जीवनमा नयाँ केही गर्नुपर्छ भन्ने सोचेर खेल क्षेत्रमा होमिए । जागिर १० नं बाहिनीमा थियो भने बाँसबारी क्वाटरमा बसेको थिए ।

नेपाल नेत्रहीन सङ्घले फर्काएको खुशी

अफिस र निवास आउने जाने क्रममा नेपाल नेत्रहीन सङ्घका अध्यक्ष दरबहादुर लिम्बूसँग भेट भएपछि रानाको जीवन नै परिवर्तन भयो । लिम्बूले रानालाई पनि खेलकूदमा आउन प्रेरणा दिएपछि परिवारको सहयोगमा उनी खेल क्षेत्रमा सक्रिय भए ।

त्यतिबेला आफ्नो परिवारले भनेको कुरा सम्झँदै रानाले भने, ‘घटना भइसकेपछि दुःख मानेर बस्ने कुरा हुन्न, तिमी जस्तै अरु पनि धेरै छन्, तिमीले आफ्नो नयाँ पाइलाअघि बढाउनुपर्छ, यसो भनिरहँदा आमा आफै रुनु हुँदोरहेछ तर मैले देख्दैनथेँ ।’

परिवार, नेत्रहीन सङ्घ र कार्यरत युद्ध भैरव गण, त्यहाँका साथी र नेपाल सेनाकै सहयोगले आज आफू यो स्थानमा पुगेको रानाको भनाइ छ । आफ्नो पहिलो खेल अनुभवबारे रानाले भने, ‘नेत्रहीनको पनि क्रिकेट हुन्छ, भनेर थाहा पाएपछि भक्तपुरस्थित दृष्टिविहीन पढ्ने सानोठिमी क्याम्पसमा पुगियो । त्यहाँका साथीसँगको सल्लाहमा पाकिस्तानबाट दुईजना नेत्रहीन क्रिकेटरलाई यहाँ बोलाएर हामीले खेल्न शुरु गरेका हौँ ।’

पहिलो दिनको खेल सम्झदै रानाले भने, ‘पहिलोपटक बल र ब्याट छुँदा अनौंठो अनुभव गरे, कुण्ठित भएर बस्नुपर्ने अवस्थाको अन्त्य भयो । सन् २०१२ मा विश्वकप र पारा ओलम्पिक खेल्ने मौका पाएँ, आँखा गुमे पनि भाग्य रहेछ भन्ने लाग्यो ।’

सङ्घर्ष नै जीवन हो, भन्ने भावनाबाट प्रेरित राना आँखाको ज्योति गुमे पनि जीवनको ज्योति चम्काउन सफल कीर्तिमानी खेलाडी बने ।

नेत्रहीन क्रिकेटको पहिलो राष्ट्रिय प्रतियोगितामा पहिलो चौका हान्ने खेलाडीको रुपमा रानाले आफ्नो नाम लेखाएका छन् । २०६४ सालदेखि निरन्तर तीन वर्षसम्म वर्षको उत्कृष्ट राष्ट्रिय खेलाडीको रेकर्ड पनि रानाले नै कायम गरे ।

वि.सं. २०६४ मा पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’, ‘म्यान अफ द म्याच’ घोषित राना एथलेटिक्सका पनि राम्रो खेलाडी छन्। एशियान गेम्समा राम्रो प्रदर्शनले गर्दा सन् २०१२ लण्डन पाराओलम्पिकसम्म पुगेका उनले दृष्टिविहीनको तीनवटा विश्वकप खेलेपछि सन्यास लिएका छन् ।

उत्कृष्ट खेल प्रदर्शन गरेबापत उनले पारा एथलेटिक्स अवार्डसहित अन्य विविध सङ्घ संस्थाद्वारा पुरस्कृत भइसकेका छन् । सबैका लागि खेलकूद भन्ने अवधारणाअनुरुप अपाङ्ता भएका व्यक्तिले पनि खेल्न सक्छन् भन्ने मान्यता स्थापित गर्न सफल भएका राना सवलाङ्गसरह अपाङ्गता भएकाले पनि खेल खेल्न पाउनुपर्नेमा जोड दिन्छन् ।

नेपाल, चीन, पाकिस्तान, बेलायतलगायत देशमा अब्बल क्रिकेट खेलाडीको छवि बनाएका रानाका सङ्घर्ष सराहनीय छन् । रानाले सन् २०१२ मै लण्डन पारा ओलम्पिक १०० र २०० मिटरमा दक्षिण एशियाली रेकर्ड कायमसमेत कायम गरेका छन् । क्रिकेट खेलबाट सन्याल लिएका राना अहिले दृष्टिविहीन क्रिकेटकै विकास लागेका छन् ।

श्रीमती, दुई छोरा र आमासँग अहिले काठमाडौंमा जीवन बिताइरहेका उनी केही समस्या केही अभावकाबीच सिमित विश्वास र भरोसामा बाँचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस