९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रण गर्न खोलामै पुगे जनप्रतिनिधि

अ+ अ-

नारायणपुर । दाङका खोला तथा नदीबाट अवैधरुपमा ढुङ्गाजन्य वस्तु उत्खनन र ओसारपसार गर्ने क्रम नरोकिएपछि जनप्रतिनिधि नै खोलामा पुगेर ट्र्याक्टर नियन्त्रण गर्न थालेका छन् ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेल खोलामै पुगेर अवैधरुपले ढुङ्गाजन्य वस्तु उत्खनन गरेर ओसारपसारमा संलग्न रहेका ८ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएका छन् । प्रमुख र उपप्रमुखको दुई छुट्टाछुट्टै टोली बनाएर तुलसीपुर सुकौरा क्षेत्र र दङ्गीशरण गाउँपालिकाको बबई दोभानबाट ८ वटा ट्र्याक्टर नियन्त्रणमा ल्याएको हो ।

प्रमुख नेपालीको नेतृत्वमा गएको टोलीले दङ्गीशरण गाउँपालिकाको बबई नदीको दोभान क्षेत्रबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहको चार ट्र्याक्टर नियन्त्रणमा लिएको हो भने उपप्रमुख पौडेलको नेतृत्वमा गएको अर्को टोलीले तुलसीपुर उपमहानगरपालिकाको सुकौरा क्षेत्रबाट अवैध उत्खनन गरिरहेका ४ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका ट्र्याक्टरलाई प्रहरीको जिम्मा लगाएको छ । ‘दाङका खोला तथा नदीबाट ढुङ्गा उत्खनन गर्ने काम रोकिएन ।” समन्वय समितिका प्रमुख नेपालीले भने, ‘अब आफैँ खोलामै पुगेर रङ्गेहात पक्राउ गर्ने र नियन्त्रणमा लिनको लागि हामी आफैँले सक्रियता देखाएका छौँ ।’

पक्राउ परेका ट्र्याक्टरलाई जरिवाना गरेर छोड्दै आएको छ तर अब पक्राउ परेका ट्र्याक्टर तथा मेशिन र संलग्न रहेका व्यक्तिमाथि अनुसन्धान शुरु गरिने प्रमुख नेपालीले बताए । जनप्रतिनिधिको टोलीले तुलसीपुर र दङ्गीशरणको खोला र बबई नदीका १७ स्थानमा प्रारम्भिक वातावरणीय परीक्षणको लागि अनुगमनसमेत गरेको छ । स्थानीयतहले प्रारम्भिक वातावरणीय परीक्षणको लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरेपछि समन्वय समितिले स्थलगत अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस