१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीद स्मारक ए डिभिजन लिग : च्यासलको पहिले जित

अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि खेलको दुई खेलमा एक खेलमा हार तथा एक खेलमा बराबरी खेलेको थियो । च्यासलले पहिलो खेलमा मछिन्द्र क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो भने आर्मीसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

च्यासलको जितमा अमिर श्रेष्ठ र विमल घर्तीमगरले दुई दुई गोल गरे भने सन्तोष साउखलले एक गोल थपे । अमिरले खेलको पहिलो हाफको १४ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै उनले खेलको पहिलो हाफको २९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफसम्म २–० ले अगाडि रहेको च्यासलले दोस्रो हाफमा तीन गोल थप्यो । खेलको ५६ औँ मिनेटमा विमलले गोल गर्दै च्यासलको अग्रता तेब्बर बनाए भने अर्का खेलाडी सन्तोषले खेलको ६३ औँ मिनेटमा एक गोल थपे । त्यसैगरी विमलले खेलको ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

यता एनआरटीको लागि विदेशी खेलाडी मोसुद अग्बोलाले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक सान्त्वना गोल फर्काएका थिए । च्यासलका विमलको यो खेल नै लिगको अन्तिम खेल हो । विमल ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका हुन् । क्लबले बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको छ । यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल दिएका थिए । यस जितसँगै च्यासलले अङ्क तालिकामा चार अङ्क जोडेको छ भने एनआरटीको एक अङ्क छ । आजै हुने दोस्रो खेलमा थ्रीस्टार क्लब र मनाङमस्र्याङ्दी क्लब आमनेसामने हुँदैछन् । रासस

प्रतिक्रिया दिनुहोस