९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुन सर्वसुलभ बिक्री भइरहेको छ : साल्ट ट्रेडिङ

अ+ अ-

धनगढी । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बाजुरा जिल्लामा तोकिएको मूल्यभन्दा बढी मूल्यमा नुन बिक्री वितरण नभएको जनाएको छ ।

कर्पोरेशनको धनगढीस्थित सेती अञ्चल कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले आफूले बाजुरा जिल्लाको नुन बिक्रीको विषयमा स्थलगत अनुगमन गर्दा तोकिएको मूल्यभन्दा बढी रकममा कहीँ कतै नुन बिक्री वितरण नभएको पाइएको बताए ।

जिल्ला प्रशासन कार्यालय बाजुराले पनि गरेको स्थलगत अनुगमनका क्रममा जिल्लाको कवाडी, मार्तडी, कोल्टीमा रहेका डिपोबाट ‘भानु’ नुन प्रतिकिलो रु नौ का दरले बिक्री वितरण भइरहेको जानकारी कर्पोरेशनलाई दिएको छ । यस वर्ष बाजुराका थप तीन ठाउँमा स्थापना गरिएका नुनको बिक्री केन्द्रमध्ये छेडेदहको डोगडीमा यसै हप्ताबाट नुन बिक्री शुरु गरिएको र गौमूल गाउँपालिकाको कृतिचौर र पाण्डवगुफामा बिक्रीको व्यवस्था मिलाउन नुन ढुवानीको कार्य भइरहेको जनाइएको छ ।

सरकारी अनुदानको यो आयोडिनयुक्त ‘भानु’ नुन कर्पोरेशनले सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लाको दुर्गम क्षेत्रका बासिन्दालाई बिक्री गर्दै आएको छ । यी चार जिल्लाका लागि गत वर्ष कर्पोरेशनले ३१ हजार क्विन्टल ‘भानु’ नून ढुवानी गरेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस