२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा मेवाको व्यावसायिक खेती शुरु

अ+ अ-

भद्रपुर । गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन ।

स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोराख, नेपालगञ्ज, काठमाडौँ लगायत प्रमुख शहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग र उत्पादन कम भएको अवस्थामा झापाका दुई किसानले मेवाको व्यावसायिक खेती शुरु गरेका छन् । परीक्षणका लागि गरिएको यो खेती सफल भएमा आगामी वर्षदेखि मेवा खेती विस्तार हुने किसान बताउछन्।

मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रेती र अर्जुनधारा नगरपालिका–१० का प्रेमसागर सापकोटाले मेवाको व्यावसायिक खेती शुरु गरेका हुन। सापकोटाले वार्षिक रु ४० हजार प्रतिबिघाका दरले तीन बिघा जमीन लिजमा लिएर मेवाको सात हजार बिरुवा हुर्काएका छन् ।
सापकोटाले रोपेको ६ महीनामा मेवाको बोट तीन फिट अग्लो भएको छ भने लटरम्म फल लाग्न थालिसकेको छ ।

भारतको कोलकाताबाट प्रतिकेजी रु १ लाखमा उनले मेवाको विनायक जातको बीउ किनेर ल्याई आफैँ बेर्ना तयार गरेको बताए । “बिरुवा रोपेको ६ महीनामै फल्न थाल्यो”, सापकोटाले भने, ‘१० महीनाको भएपछि पाक्छ र बजारमा निकाल्छौँ ।’ उनले फल्न शुरु गरेसँगै बगानमै मोलतोल गर्दै व्यापारीहरु आउन थालेको बताए । एउटै फल तीन केजीसम्मको हुने, एउटा बोटबाट बर्षेनी १७५ केजीसम्म फल उत्पादन हुने र तीन वर्षसम्म बाह्रैमास फल लागिरहने भएकाले मेवा खेतीबाट मनग्य फाइदा हुने सापकोटाले आशा गरेका छन् ।

उनी अर्जुनधारा नगरपालिकाको नेकपाका अध्यक्ष छन् । राजनीति गर्नेले उत्पादन र उद्यमशीलतामा लाग्नुपर्छ भन्ने सन्देश दिनसमेत आफू मेवाखेतीमा होमिएको बताउनुहुन्छ सापकोटा । मेचीनगर–९ का डिल्लीराम उप्रेतीले लिजमै लिएको १० कट्ठा जमीनमा एक हजार विनायक जातको बिरुवा हुर्काएका छन् । उनले डी एण्ड डी बायोप्लानटेक नामक संस्थामार्फत मेवाखेती गरेका हो । उनको खेतीमा पनि मेवा लटरम्म फल्न थालिसकेको छ ।

विगत आधा दशकदेखि नर्सरी र कृषि क्षेत्रमा सक्रिय उप्रेतीले पहिलोपल्ट परीक्षणका लागि मेवाखेती गरेको बताए ।’मेवाखेती फाइदाजनक छ भन्ने हाम्रो अनुमान हो’, उनले भने,’जण्डिस र आँखा कमजोर भएका बिरामीले नियमित सेवन गर्ने औषधीय गुणसमेत भएको कारण बजारमा यसको बिक्रीको कुनै समस्या नै हुँदैन ।’

मेवाखेतीमा कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा आफूले सोचविचार गरेरै मेवाको व्यावसायिक खेती शुरु गरेको बताउँदै उप्रेतीले भने, ‘यो वर्ष १० कट्ठामा लगाएको छु, राम्रो भयो भने अर्को साल दुई बिघामा थप्ने तयारी गर्दैछु ।’ झापामा पहिलोपटक मेवाको व्यावसायिक खेती गरिएको हुँदा उप्रेती र सापकोटा दुवैले प्राविधिक समस्या भने झेल्दै आएका छन् ।

अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत शालिकराम भट्टराई झापाको माटो मेवा खेतीका लागि उर्वर रहेको बताउछन् । उनले दोमट र चिम्ट्याइलो कालो माटोमा फस्टाउने भएकाले झापाको अधिकांश ठाउँमा मेवाखेती हुने बताए । उनले सरकारले मुलुकलाई समृद्ध बनाउने उद्देश्यअनुरुप कृषिमा करोडौँको बजेट लगानी गरिरहेको हुँदा व्यावसायिक रुपमा मेवाखेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप कृषि औजारमा अनुदानसमेत प्रदान गर्ने सरकारी नीति रहेको जानकारी दिए।

मेचीनगरका किसान डिल्ली उप्रेतीले मेवाखेतीमा हाल पहेँले रोग देखापर्न थालेको बताए । तर यस रोगका लागि कस्तो औषधि प्रयोग गर्ने भन्ने ज्ञान नहुँदा प्राविधिकहरुसँग सल्लाह भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस