काठमाडौं । युएन पार्क नजिकै रहेको फर्निचर उद्योगमा आगलागी हुँदा ६ करोड बराबरको क्षति भएको छ ।
आगलागी अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौं महानगरपालिका र भक्तपुरका गरी १० वटा दमकल प्रयोग गरिएको जनाइको छ।
उनका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपुर्ति वन्द गरिएको बताइएको छ ।