१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी नायब महानिरीक्षक दुर्घटनाका चालक थुनामा

अ+ अ-

काभे्रपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशीलकुमार भण्डारीलगायत ३ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

यसअघि उनलाई २७ दिन हिरासतमा राखी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वको छानबिन समितिले अनुसन्धान गरिएकामा मङ्गलबारदेखि पुर्पक्षमा राखेर छानबिन गरिएको हो । उक्त दुर्घटनामा घाइते डिआइजी भण्डारीलाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा र २४ वर्षीय पत्रकार जीवन पराजुली तथा ट्रेड युनियन काङ्गे्रसका ३ नं प्रदेश संयोजक ४४ वर्षीय विनोद कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । छ जना सवार बा३च २८७ नंको ल्याण्डक्रुजर कच्ची सडकबाट करीब २०० मिटर तल खसेको थियो ।

घटनामा गम्भीर घाइते पूर्व प्रहरी नायबउपरीक्षक विनोद गौतमको हाल काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते चालक बोगटी र अर्का धनराज पुरी दुर्घटनाको २ दिनपछि अस्पतालबाट घर गएका थिए । चालक बोगटीका आफन्तले मृतकका आश्रित परिवारले नियमानुसार पाउने किरिया खर्च तथा क्षतिपूर्तिवापतको जनही रु ५ लाखका दरले रु १५ लाख यही मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस