दुल्लु । दैलेखको ठाँटीकाँध गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका–१ का ३० वर्षीया निर्मल बम, वडा नं ३ का ४७ वर्षीया राजेन्द्रबहादुर शाही र ठाँटीकाँध गाउँपालिका–२ का सवारी चालक रमेश शाही रहेका छन् । मृतक राजेन्द्र नेपाली काङ्ग्रेसका वडा सभापति समेत छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा ठाँटीकाँध गाउँपालिका–३ का रत्ना शाहीको मृत्यु भएको रहेको प्रहरी सहायक निरीक्षक तिलक शाहले जानकारी दिए ।