१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूषित पानी पिउन बाध्य

अ+ अ-

जुम्ला । स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ । पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी खान बाध्य भएका हुन् । आफूलाई गाउँलेले तलब पनि नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियमितता गरेको भन्दै धारा बन्द गरेको चौकीदार दीपक बूढाले बताए ।

मानवीय आधारभूत आवश्यकता खानेपानी पछिल्लो समय निकै अभाव हुन थालेको छ । वन फँडानीले मुहान सुकेपछि पानीको हाहाकार भएको हो भने कतै, स्रोत हुँदा पनि व्यवस्थापन नहुँदा पानीको अभाव भएको छ भने, कतै बनेका धारा पाटी पौवा दीर्घकालीन नहुँदा पनि पानीको अभाव कर्णालीका नागरिकले भोगिरहेका छन् ।

चौकीदार दीपक बूढाले भने, “एकातर्फ शुल्क उठाउन जाँदा गाँउलेले मान्दैनन् । अर्कोतर्फ, गाउँका केही ठूलाबडाले आफ्नो प्रयोजनका लागि सार्वजनिक पाइप प्रयोग गरी ठाउँठाउँमा पाइप लाइन काटेर, पानी चुहावट गरेकाले धारा बन्द गरेको उल्लेख गरे । हुँदाहुँदा अनियमितता, दैनिक पिउने पानीमा पनि देखियो, उनले भने, गाउँमा पानी छैन, तर केही व्यक्ति, पाइप लगाएर घरमा लिन्छन्, यसो किनभन्दा कुनै प्रतिक्रिया आउँदैन र भद्रभलाद्मी पनि मौन देखिएपछि धारानै बन्द गर्न पुगेको उनको भनाइ छ ।

जबसम्म, आफ्नो तलब र सार्वजनिक जिन्सी सामग्रीका विषयमा छलफल हुँदैन, तबसम्म कुनै हालतमा पानी नछोड्ने चेतावनी चौकीदार बूढाले दिनुभयो । तर अहिले जर्मी गाउँका अधिकांश स्थानीय नदीको पानी प्रयोग गरिरहेका छन् भने, कोही घण्टौँको बाटो हिँडेर पानी ल्याउने गर्दछन् । स्थानीय महिला कुइरी दमाईंले भने, “धारा बन्द भएपछि, नदीको पानी खाएर रुघाखोकी लाग्ने अवस्था छ ।” रासस

प्रतिक्रिया दिनुहोस