७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाइडबडीको विषय ‘हट केक’ जस्तै भएको छ : मन्त्री अधिकारी

अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै गन्तव्य स्थानको विस्तार गर्न सरकार लागि परेको बताएका छन् ।

निगमलाई कम्पनी मोडलमा लैजाने की रणनीतिक साझेदारीका रुपमा लैजाने भन्ने विषय छलफलकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले संसारका अन्य विमान कम्पनीसँग प्रतिष्पर्धी बनाउँदै लैजाने सरकारी योजना रहेको बताए ।

रिपोर्टस् क्लब नेपाल काठमाडौंमा आज आयोजित साक्षात्कारमा मन्त्री अधिकारीले अनियमितताको नाममा निगमलाई कमजोर पार्न नहुनेमा जोड दिए । वाइडबडीको विषय ‘हट केक’ जस्तै भएको भन्दै मन्त्री अधिकारीले २०७१ सालबाटै खरीद प्रक्रिया थालिएकाले सबै काम पहिले नै भएको प्रष्ट्याए । निगम ऋणले डुकेको प्रसङ्गमा उनले सरकारले पैसा दिने नभई अब निगमनले कमाएर ऋण तिर्नुपर्ने बताए ।

वाइडबडी जहाज सञ्चालन नभएको भन्ने आरोप गलत भएको उनको भनाइ थियो । मन्त्री अधिकारीले भने, “वाइडबडी सञ्चालननै भएको छैन भन्ने भ्रम छ, तर अहिले पनि सात घण्टा सञ्चालन भइरहेकै छ, तर यतिले पुग्दैन, १४ घण्टा चल्नुपर्छ, अन्य गन्तव्यका लागि प्रयास जारी छ ।” खरीद प्रक्रियामा संसद्को समिति र अख्तियारले छानबिन गरिरहेको तथा मन्त्रालयले छानबिनमा सहयोग गरिरहेको भन्दै उनले अनियमितता भेटिए सरकारले कारवाही गर्ने उल्लेख गरे।

मन्त्री अधिकारीले भ्रमण वर्ष २०२० मा २५ लाख पर्यटक ल्याउन सक्ने क्षमता रहेको दाबी गर्दै कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने गरी काम गरिरहेको बताए । उनले विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र भइरहेको र ‘रन–वे’को सुधार हुने वित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस