१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुनसेन र सुकी आज नेपाल आउँदै, प्रधानमन्त्रीसँग आजै भेट गर्ने

अ+ अ-

काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुनसेन र म्यान्मारका स्टेट काउन्सिलर एव‍ं विदेशमन्त्री आङ साङ सुकी बिहीबार नेपाल आउँदैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा उनीहरू नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिट २०१८ मा समेत सहभागी हुनेगरी सद्भावना भ्रमणका लागि नेपाल सरकारको निमन्त्रणमा कम्बोडिया प्रधानमन्त्री सेन र म्यानमारकी नेतृ सुकी नेपाल आउन लागेका हुन्।

म्यान्मारकी नेतृ सुकी बिहान ११ बजे र कम्बोडियाका प्रधानमन्त्री सेन बिहान ११ बजेर ४० मिनेट जाँदा काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए। विशिष्ट व्यक्तिको आगमन हुने भएपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था बिहानैदेखि कडा पारिएको छ। पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने सेनले आजै बेलुकी भेटवार्ता गर्ने तय भएको छ। दुवैको सम्मानमा प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ रात्रिभोजको आयोजना गरेका छन् । नेतृ सुकीले आजै बिहान ११ बजेर ३० मिनेटमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग होटल सोल्टीमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै कम्बोडियाका प्रधामन्त्री हुन सेनसँग दिउँसो ३:३० बजे होटल द्वारिकाजमा भेटवार्ता गर्नेछन्।

प्रतिक्रिया दिनुहोस