भक्तपुर । जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो । इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् विगत ११ महीनाको अवधिमा भएका हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र अपहरण लगायत घटनाको तथ्याङ्क सार्वजनिक गर्दै सो कुरा बताएको हो ।
तथ्याङ्कअनुसार ११ महिनाको अवधिमा बलात्कारका घटना २६ मध्ये बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा तीन र बाल यौन दुव्र्यवहारमा एक बालिका पीडित भएका थिए । । यसैगरी छ जनाको हत्या हुनाका साथै बहुविवाहको घटनामा नौ र अपहरणको घटना एक बालक पीडित भएका थिए । जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले लागूपदार्थ सेवनकर्ताबाट धेरै घटना भएको तथ्य बाहिर अएको बताउँदै गलत सङ्गतले पनि उमेर नपुगेका किशोरकिशोरी दुव्र्यसनमा लाग्ने गरेकाले अपराध बढेको हो भने ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरुष हिंसा पनि बढ्दै गएको पाइएको बताए । महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जिल्लामा बलात्कारको भयावह अवस्था रहेको बताए । गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सोम शर्मा ९बजगार्इं०ले अपराधका घटना महत्वपूर्ण नभई त्यसको कारण महत्वपूर्ण भएकाले त्यस्ता कारणलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । रासस