८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्न जापान सहमत

अ+ अ-

भक्तपुर । दैनिकरुपमा बढ्दो सडक जामलाई कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमणका क्रममा कोटेश्वर जडीबुटी सुरुङमार्ग र सूर्यविनयक–धुलिखेल छ लेन सडकको निर्माण गर्न जापान सरकारले सहमति जनाएको सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

सडक विभागको वैदेशिक सहायता महाशाखामा भएको बैठकमा जापानी प्रतिनिधिले कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङमार्ग बनाउन जापानले अध्ययन गर्ने भएको छ । महाशाखाका प्रमुख श्रेष्ठले एक महीनापछि सुरुङमार्ग निर्माण कार्यको अध्ययन शुरु गर्ने जानकारी दिए ।

यसअघि पनि प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको पहलमा सुरुङमार्ग निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण, मन्त्रालयका प्रतिनिधिलगायत सरोकारवालाबीचको पटकपटक भएको छलफलबाट सुरुङमार्ग निर्माण गर्ने सहमति भएको थियो ।

बस्नेतले भने, “जडीबुटी कोटेश्वर सडकको जाम हटाउन स्थायी उपाय सुरुङमार्ग निर्माण एकमात्र विकल्प हो, त्यसका लागि मैले मन्त्रालयदेखि नागरिक उड्डययन प्राधिकरणसम्म छलफल गरेर सहमति जुटाए, परराष्ट्रमन्त्री ज्ञवालीले जापान भ्रमणमा जानुअघि पनि मैले यो कुरा मन्त्रीज्यूसँग राखेको थिए, जापानमा यसबारेमा छलफल भएर जापान सरकार सहमत भएको जानकारी पाएँ, यसले काम गर्न थप उर्जा मिलेको छ ।”

कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै चीन जोड्ने तातोपानी नाकासम्म जाने एक मात्र सडक अरनिको राजमार्गमा दैनिक जाम बढेपछि यसलाई कम गर्न सुरुङमार्ग निर्माण गर्ने अवधारणा अगाडि सारेर शुरु गरेको पहलले सार्थकता पाएको पनि उनले बताए ।

बस्नेतले भने, “हामीले कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण गर्ने, जडीबुटीदेखि जगातीसम्म सातवटा मुख्य चोकमा व्यापारिक प्रयोजनसहितका आकाशे पुल राख्ने, आशापुरी महादेव जाने साँगाको बाटोबाट चित्तपोलको अग्लो कैलाशनाथ महादेवसम्म जान झोलुङ्गे पुल निर्माण गर्ने, आशापुरीको पानीलाई अण्डरग्राउण्डका रुपमा ल्याएर चित्तपोलमा ड्याम बनाई ढुङ्गा चलाउने, आशापुरीको पानीलाई शुद्धीकरण गरी वितरण गर्ने व्यवस्था मिलाउने गरी कार्ययोजना अगाडि बढाएका छौँ ।”

अरनिको राजमार्गको कोटेश्वर सूर्यविनायक खण्डको चारदोबाटो चोक, मनोहरा पुल, लोकन्थली र राधेराधे चोकमा आकाशे पुल निर्माण गर्ने, जडीबुटीदेखि टङ्कप्रसाद आचार्यको सालिकसम्म र थिमि क्षयरोग अस्पताल क्षेत्रमा सर्भिस ट्र्याक निर्माण गर्ने, पाँच ठाउँमा सडक ट्राफिक बत्ति राखिने निर्णय भएको उनले बताए ।

त्यसैगरी जडीबुटी, लोकन्थली, कौशलटार, थिमिलगायत ठाउँमा दुईतले सर्भिस ट्र्याक, निर्माणाधीन राधे राधेको हनुमन्ते पुल र लोकन्थलीको मनोहरा पुल निर्माणलाई तीव्रता दिने निर्णय भएको सांसद बस्नेतले बताए ।

सुरूङमार्ग जडीबुटी तिनकुने हुँदै बालकुमारी निकाल्ने सम्भावना रहेको बताउँदै उपमहानिर्देशक सञ्जय श्रेष्ठले जापानी टोलीले गर्ने अध्ययन सकिएपछि कहाँदेखि कहाँसम्म संरचना बनाउने भन्नेबारेमा टुङ्गोे लाग्ने बताए ।

तत्कालका लागि जाम हटाउन मनोहरा खोलामा अस्थायी पुल बेलिब्रिज निर्माण गर्ने कार्य शुरु भएको जानकारी दिँदै उनले भक्तपुरको ६ लेन सडकमा सर्भिस ट्र्याकबाट दुईपाङ्ग्रे सवारी साधन पठाउने र मनोहराखोलाबाट बालकुमारी जान नयाँ सर्भिस ट्र्याक बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस