११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइएसविएन नम्बर अब अनलाइनबाटै

अ+ अ-

काठमाडौं । ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आइएसविएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ ।

पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन सकिने भएपछि अब काठमाडौं आउनु नपर्ने भएको बताए। यसअघि लेखकले आइएसविएन नम्बर लिन केन्द्रीय पुस्तकालय आउनुपर्ने थियो । अनलाइनबाट फारम भरेपछि आइएसविएन प्राप्त गर्नका लागि लाग्ने शुल्क बैँकबाट पठाउनुपर्नेछ । सन् २००० बाट त्रिवि पुस्तकालयले बेलायतको आइएसविएनको प्रतिनिधिका रुपमा नेपालका प्रकाशित पुस्तकलाई आइएसविएन प्रदान गर्ने गरेको छ ।

उनका अनुसार अहिले त्रिविमा करीब ४० हजार पुस्तकले आइएसविएन नम्बर लिइसकेका छन् । आइएसविएनका लागि पुस्तकालयले रु ३०० शुल्क लिने गरेको छ । पुस्तकालयले पुस्तक खोज्नका लागि ‘रेडियो फ्रिक्वेन्सी आइडिन्टिफिकेशन अटो सिस्टम’ प्रयोग गर्ने भएको छ । पुस्तकालय प्रमुख अधिकारीले धेरै पुस्तक हुँदा व्यक्तिले खोज्न समस्या भएकाले उपयुक्त प्रणालीका माध्यमबाट प्रयोग गरिने यन्त्रले पुस्तक खोज्ने बताए ।

पुस्तकालयका हरेक किताबमा डिजिटल चिप्स राखिएको हुन्छ र किताब खोज्नका लागि रेडियो सेन्सरशीप यन्त्र प्रयोग गरिन्छ । उक्त यन्त्रले कुन किताब कहाँ छ भनेर चिप्सका आधारमा खोज्ने पुस्तकालय प्रमुख अधिकारीले बताए । पुस्तकालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त यन्त्रको प्रयोग गरी पुस्तक खोज्ने छ । त्रिविले यही वर्षदेखि उक्त यन्त्र प्रयोग गर्ने तयारी गरेको छ । अहिले पुस्तकालयमा करीब चार लाख पुस्तक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस