११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र ऊर्जा प्रमुख आधार : मुख्यमन्त्री गुरुङ

अ+ अ-

बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गदै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

नेकपाका प्रदेश इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले गरीबी निवारण, रोजगारीको सम्भावना सिजर्ना गर्दै आर्थिक समृद्धि हासिल गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार भएको बताए । ‘मुलुकमै पर्यटनको राजधानी पोखरा हो, गण्डकी प्रदेशका हरेक जिल्लामा रहेको पर्यटन विकासको अथाह सम्भावना उजागर गर्न सरकार लागिपरेको छ’, गुरुङले भने ।

गण्डकी प्रदेशभित्र यो वर्ष ३०० पर्यटकीय गाउँमा घरबास सञ्चालन गर्ने योजना रहेको उनले बताए । यहाँका प्राकृतिक, धार्मिक र ऐतिहासिक महत्वको पर्यटन विकाससँगै खेलकूद पर्यटनको विकासका लागि समेत प्रदेश सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो । पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गलाई व्यवस्थित बनाउँदै मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको कामलाई पूर्णता दिन सके यस क्षेत्रमा आर्थिक कारोबार ह्वात्तै बढ्ने उनले बताए ।

उनले गण्डकी प्रदेशमा १४ प्रतिशत नागरिक विद्युत् र नौ प्रतिशत नागरिक शुद्ध खानेपानी उपभोगबाट बञ्चित हुनुपरेको बताउँदै त्यसतर्फ प्रदेश सरकारले आवश्यक काम अघि बढाएको जानकारी दिए । जलस्रोतमार्फत १० हजार मेगावाट बढी र वायु र सौर्य ऊर्जाबाट मुस्ताङमा ५ हजार मेगावाट बढी विद्युत् उत्पादनको सम्भावना रहेको भन्दै मुख्यमन्त्री गुरुङले हिमाल, पहाड र तराई क्षेत्र समेटिएको गण्डकी प्रदेशलाई विकास र समृद्धिको यात्राबाट रोकिने कुनै कारण नभएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस