११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय भवन निर्माणमा विदेशी लगानी

अ+ अ-

लमही । दाङको एक सामुदायिक विद्यालयको भवन निर्माणका लागि विदेशी दातृ निकायले सहयोग गरेको छ । क्यानडा सरकारको रु १५ लाख र गाउँपालिकाको रु १५ लाख सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण भइरहेको छ ।

भवन निर्माणमा क्यानडा सरकारले आफ्नै कामदार खटाएको छ । भवन निर्माण कार्यको ८० प्रतिशत काम पूरा गरेको विद्यालयका प्रधानअध्यापक रामसुरत यादवले जानकारी दिए । ‘विदेशी कामदार खटिएका छन् ,’ उनले भने,’बीस दिनमै चारकोठे भवन निर्माणको ढलान सकिएको छ ।’ ढलान गरेको करीब १०/१५ दिन भइसकेको भन्दै अब २० दिनमा सबै काम पूरा हुने उनको भनाइ छ । कात्तिकको पहिलो सातादेखि निर्माणको काम शुरु भएको हो । कम्प्युटर कक्ष, सूचना प्रविधि कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थापनका लागि भवन निर्माण हुनलागेको प्रअ यादवले बताए ।

विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको तर भवन जीर्ण हुँदा समस्या भएको भन्दै विदेशी लगानीकर्तासँग समन्वय गरेर भवन निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए । ‘विद्यार्थीको सङ्ख्या धेरै छ’, उनले भने, ‘तर भवन जीर्ण हुँदा पठनपाठनमा समस्या थियो, त्यसैले भवन निर्माणमा विदेशी लगानी पनि भित्र्याएका हौँ ।’ प्रअ यादवका अनुसार अहिले विद्यालयमा जम्मा एक हजार ६०० विद्यार्थी अध्ययनरत् छन् । भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुने तथा प्रविधिमैत्री विद्यालय बन्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस