१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एशिया प्रशान्त सम्मेलनमा ४० देशका युवा …

अ+ अ-

काठमाडौं । विश्व शान्ति र समृद्धिका लागि युवा तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्न एशिया प्रशान्त क्षेत्रका ४० देशका युवा तथा विद्यार्थी एकै थलोमा भेला भएका छन् ।

एशिया प्रशान्त सम्मेलनका अवसरमा विश्व शान्तिका लागि युवा र विद्यार्थी (वाइएसपी) संस्थाद्वारा आयोजित वाइएसपी–परिसंवाद कार्यक्रममा सहभागीले युवा नेतृत्वले खेल्नुपर्ने भूमिका तथा अनुभव आदानप्रदान गर्नेछन् ।

कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विश्व शान्ति र समृद्धिका लागि युवा वर्गले योगदान गर्नुपर्ने बताए। उनले भने, “परिवार र समाजमा युवाको ठूलो दायित्व छ, युवा वर्गले विगतलाई सुरक्षित, वर्तमानलाई सुन्दर र भविष्यलाई सिर्जनशील बनाउनुपर्छ ।”

विश्व शान्तिका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा युवालाई सक्षम बनाइनु पर्नेमा जोड दिए । संस्कृति मानवीयताको प्रमुख आधारस्तभका रुपमा रहेको चर्चा गर्दै उनले योग्यता र अनुभवको साझेदारीले एकापसमा जोड्ने विश्वास व्यक्त गरे । नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने जानकारी गराउँदै उनले एशिया प्रशान्त सम्मेलनमा सहभागीले आ–आफ्नो मुलुकमा नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्ने उल्लेख गरे।

वाइएसपी नेपालका अध्यक्ष प्रकाशबाबु थापाले दिगो शान्ति स्थापनाका लागि युवा तथा विद्यार्थीको ठूलो भूमिका हुने उल्लेख गर्दै विश्वलाई सुन्दर बनाउने जिम्मेवारी युवाको काँधमा आएको बताए ।

सो अवसरमा सुविन भट्टराई, मन्दिरा रावत थापा, युवराज चौलागाईं, प्रताप दास, सुदीपकुमार कार्की, गणपतिलाल श्रेष्ठ, शङ्करकुमार प्रधान, अर्जुन अधिकारी, तुलसीराम पाण्डे, रवीन्द्र थापा र राज सागरलाई ‘युथ एम्बेसडर फर पिस’ उपाधिले सम्मान गरिएको थियो ।

कार्यक्रममा युथ लिडरशिप ट्रेनिङ (वाइटिआई) इन्टरनेशनलका सदस्यले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा १२० विदेशीसहित करीब ३०० युवा तथा विद्यार्थी सहभागी भएका छन् । नेपालका तर्फबाट सातै प्रदेशबाट १०/१० जनाका दरले प्रतिनिधित्व गरिएको छ । सो अवसरमा राष्ट्रिय अवार्ड विजेताले युवा अधिकार र दायित्वका बारेमा प्रवचन दिने वाइएसपी नेपाल अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस