११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडकविहीन दुई स्थानीय तह, कामकाजमा समस्या

अ+ अ-

बैतडी । विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातबाट बैतडीका २ स्थानीय तह टाढा रहेका छन् ।

जिल्लाका २ वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको छैन । जिल्लाको सिगास र डिलाशैनी गाउँपालिकाका केन्द्रमा सडक पुग्न नसकेको हो । स्थानीय तहका केन्द्रमा सडक नपुग्दा सेवा प्रवाहमा असहजता भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

अझैसम्म पनि गाउँमा सडक नपुग्दा त्यहाँका नागरिक पैदल हिँडेर दैनिकी चलाउन बाध्य छन् । सडक नपुगेका स्थानीय तहका बासिन्दा कष्टकर जीवन बिताइरहेका छन् । गाउँमा सडक नपुगेकाले बिरामी पर्दा त्यहाँका बिरामीलाई घण्टौँ बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता रहेको छ ।

सिगास गाउँपालिकामा अहिलेसम्म सडक पुग्न नसकेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । गाउँपालिकाका १, २ र ३ नम्बर वडालाई मात्र सडकले छोएको धामीले बताए । गाउँपालिकाका बाँकी छ वडामा सडक पुग्न बाँकी छ । धामीका अनुसार अबको एक वर्षभित्र गाउँपालिका भरि सडक पु¥याउने लक्ष्य गाउँपालिकाले राखेको छ । गाउँमा सडक नपुग्दा आफूहरुलाई धेरै समस्या हुने गरेको सिगास गाउँपालिका–७ का शिक्षक चक्रबहादुर साउँदले बताए ।
डिलाशैनी गाउँपालिकामा पनि सकड नपुग्दा धेरै समस्या भएको वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताए । रानाका अनुसार गाउँपालिकाको वडा नम्बर २, ३ र ६ को केही भागमा सडकले छोए पनि अन्य ठाउँमा सडक पुग्न सकेको छैन । अहिले स्थानीय सरकार सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले केही समयमै डिलाशैनीका सबै ठाउँमा सडक पुग्ने रानाले बताए ।

प्रदेश र संघीय सरकारले वडा–वडालाई सडक सञ्जालले जोड्ने घोषणा गर्दै आएको भए पनि बैतडीका दुई वटा स्थानीय तहमा सडक सञ्जालसँग जोडिन बाँकी छन् ।

जनताका समस्या समाधान गर्ने उद्देश्यले गाउँघरमै गठन भएको स्थानीय सरकारले जनताका यस्ता समस्या समाधानको लागि खासै चासो नदिएको नागरिकको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस