काठमाडौं । ललितपुरको एकान्तकुनामा आइतबार राति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ।
महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो। कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको मोटरसाइकल राति साढे ९ बजे दुर्घटना भएको हो।
कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पु¥याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।