११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई राष्ट्रपतिबाट आग्रह

अ+ अ-

वार्सा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका नेपालीले हरतरहले सहयोग गर्नुपर्ने बताएकी छिन्। पोल्याण्डको वार्सामा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मातृभूमिको विकासका लागि पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरे ।

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुनुअघि आफ्नो स्वागत तथा सम्मानमा गैरआवासीय नेपाली संघ पोल्याण्ड र नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्धलाई जनस्तरमा पु¥याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले परिवर्तित सन्दर्भमा नेपाललाई मनन गरी सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । राजदूत रमेशप्रसाद खनालले नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्धलाई थप उचाइ दिनुपर्नेमा जोड दिए ।

गैरआवासीय नेपाली सङ्घ पोल्याण्डका अध्यक्ष डा.बुद्धिराज सुवेदीले दुई देशबीचको सम्बन्ध विस्तार गरी आपसी सहयोग आदानप्रदान गर्नुपर्ने धारणा राखे। कार्यक्रममा पोल्याण्डमा पहिलो पुस्ताका नेपाली प्रतिनिधि दुर्गा मास्केलगायत सयौंँको सहभागिता थियो । मास्के ५७ वर्षअघि विद्युत् इञ्जिनीयरिङ पढ्न छात्रवृत्तिमा वार्सा आएका हुन् ।

कार्यक्रममा नेपाली साँस्कृतिक झलक प्रस्तुत गरिएको थियो । पोल्याण्डमा विभिन्न पेशा–व्यवसाय गरी करीब नौ हजार नेपाली रहेको गैरआवासीय संघका प्रतिनिधिले जानकारी दिएकी छिन् । तीमध्ये धेरै कम्पनी, केही भान्सा र बाँकी विभिन्न काममा छन् ।

प्रतिक्रिया दिनुहोस