१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकले आफ्नो पेशालाई मर्यादित बनाउनुपर्छः मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गरेका छन् ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा उनले हकअधिकारसँगै कर्तव्यलाई पनि नभुल्न र विकसित ज्ञान प्रविधिसँग जोडिन शिक्षकलाई आग्रह गरे ।

मुख्यमन्त्री पौडेलले शिक्षा नीति निर्माणकै चरणदेखि सङ्घ, प्रदेश र स्थानीय तह प्रस्ट हुनुपर्ने विचार व्यक्त गरे ।

“वर्षौंदेखि जुन शिक्षा नीतिको विरोध गर्दै आयौँ,” उनले भने, “अब हामी सरकारमा छौँ, व्यक्तिमुखी होइन निष्पक्ष भएर नीति बनाऔँ ।”

जिल्ला समन्वय समिति मकवानपुरका सहसंयोजक भगवती पुडासैनीले सबै विद्यालयमा अनिवार्य रुपले बाल विकास केन्द्र सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य प्रा. डा. शारदा थपलियाको अध्यक्षतामा भएको सो कार्यशालामा आयोगका तर्फबाट डा. भोजराज काफ्लेले प्रारम्भिक बाल तथा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम, अनौपचारिक साक्षरता, उच्च शिक्षा, समावेशी र समसामयिक विषयवस्तु, शिक्षामा गुणस्तर र सुशासन तथा वित्त र साझेदारी विषयमा खुला सुझाव सङ्कलन गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस