११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमलपोखरी निर्माणको जिम्मा स्थानीयलाई दिने महानगरको तयारी

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ ।

कामपाको शहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताए ।

ऐतिहासिक कमलपोखरी सोहीअनुरुप निर्माण गर्ने काम कामपाको प्राथमितामा परेको पनि शाक्यले जानकारी दिए । संघीय संसद् सदस्य गगन थापाले स्थानीयवासीसँग छलफल गर्दै आगामी छठ पर्वसम्ममा पोखरी निर्माण गरिसक्नुपर्ने भन्दै सबैको लागि पहुँचयुक्त सार्वजनिक स्थल बनाउन महानगरले भूमिका खेल्नुपर्ने सुझाव दिए ।

आयोगका सदस्य–सचिव सरोज बस्नेतले पोखरीलाई वास्तु शास्त्रमा आधारित, ज्ञान प्राप्त गरिने तथा सीपयुक्त कलात्मक सम्पदाका रुपमा विकास गरिने बताए ।

छलफलमा सहभागी स्थानीयले कमलपोखरीको सरसफाइ र सुरक्षाका लागि विगतमा भएका अभ्यासको सम्झना गर्नुपर्ने, पोखरीको जमीन अतिक्रमण हुनबाट बचाउनुपर्ने, विगतमा अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने, स्रोतको दुरुपयोग रोक्नु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी कमलपोखरीमा वार्षिक महोत्सव गरिनुपर्ने, स्थानीय जीवनसँग पोखरी व्यवस्थापनलाई अन्तर सम्बन्धित बनाइनु पर्ने, पोखरीको पानीलाई स्वच्छता कायम गर्नुपर्ने, बालमैत्री, ज्येष्ठ नागरिकमैत्री र सुरक्षित हुनुपर्ने बताएका थिए ।

कमलपोखरी अहिले करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ । पोखरीको चार कुनामा कमल फुल्ने स–साना सहायक पोखरी हुनेछन् भने चार कुनामा ५ वटा ढुङ्गेधारा निर्माण गरिनेछन् ।रासस

प्रतिक्रिया दिनुहोस