११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक कल फोन गर्न दैनिक अग्लो डाँडामा

अ+ अ-

जाजरकोट । छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जाने गर्छन्।

कार्यालय समयमा उनी मात्र होइन अधिकांश जनप्रतिनिधिलाई यसरी जङ्गलको डाँडामा गएर फोन गर्नु दैनिकी बनेको छ । एक घण्टा हिँडेर फोन गर्नु उनीहरुको रहर नभई बाध्यता हो ।

कार्यालयमा टेलिफोन नलाग्ने भएकाले फोन सम्पर्कका लागि अग्लो डाँडामा जानुपर्ने नगरप्रमुख महतारा बताउछन् । बजारमा टेलिफोनले काम गर्दैन डाँडामा पुगेपछि नेटवर्क आउछ अनि फोन सम्पर्कमा आवश्यक कुरा गरेर कार्यालयमा फर्कनु पर्छ उनले भने ।

कार्यालयमा नेटवर्क नलाग्ने समस्याले नगरको कामकाज पनि प्रभावित भएको छ । कार्यालयमा बस्दा सबैसँग सम्पर्क गर्न नसकिने भएकाले समय मिलाएर डाँडोमा पुगेर फोनबाट हुने काम फत्ते गर्नुपर्ने नगरप्रमुख महतारा भन्छन् । टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा बारम्बार परिपत्र र ताकेता गर्दा पनि काम नभएको उनको गुनासो छ ।

नेपाल टेलिकमले जाजरकोटको सबै ठाउँमा टेलिफोन सेवा पुगेको जिकिर गरे पनि पश्चिमी क्षेत्रको अधिकांश ठाउँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन् । गाउँमा टेलिफोन सुविधा नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । सञ्चार सुविधाको अभावमा बिरामीको उपचार, आपत्कालीन उद्धार देश विदेशमा रहेका आफन्तसँगको सम्पर्क कठिन भएको शिवालय–१ मोर्क बजारका पूर्णबहादुर महतरा उल्लेख गर्छन् । अहिलेको सूचना प्रविधिको युगमा पनि जनता सञ्चार सुविधाबाट वञ्चित हुनु दुःखद् भएको उनको भनाइ छ ।

जिल्लाको पश्चिमी क्षेत्रको शिवालय गाउँपालिकाको मोर्क र बालुवाबजार, छेडागाड नगरपालिको खारा, मनाघाट र थलबजार र कुशेगाउँपालिकाको बाटुले बजारलगायत स्थानमा पनि सञ्चार सुविधा छैन । ती ठाउँका बासिन्दालाई १ कल फोनका लागि नगर प्रमुख जस्तै अग्ला डाँडा र जङ्गलका रुखमा चढ्नु पर्ने बाध्यता छ । छिटो छरितो सम्पर्क र सारोगारोमा कामका लागि फोन सम्पर्क नहुँदा हैरानी बेहोर्नुपरेको छेडागाड नगरपालिका–१ का राम शाहीे बताउछन् ।

पश्चिमी क्षेत्रका मुख्य बजारका टेलिफोन सुविधा नहुँदा ती ठाउँको व्यापारीका कारोवारसमेत प्रभावित भएको छ । टेलिफोन सेवा विस्तारका लागि वर्षौंदेखि माग गरे पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । चुनावमा मत माग्न आउने नेतादेखि जितेका जनप्रतिनिधिसँग समस्या राखे पनि समाधान नभएको मनाघाटका प्रेमबहादुर केसी उल्लेख गर्छन् । सम्बन्धित ठाउँमा तत्काल खबर आदानप्रदान गर्न नसक्दा समस्या हुँदै आएको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस