११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकले १० अर्ब लगानी गर्ने

अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ ।

बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो ।

बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाइ आवेदन दिन केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले यही मङ्सिर २३ गते अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन आज एक सूचनामार्फत आग्रह गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु ८ अर्ब १२ करोड ६९ लाख, ‘ख’ वर्गका राष्ट्रिय बैंकलाई रु एक अर्ब ५२ करोड ३८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्तमा रु ५० करोड लगानी गर्ने जनाएको छ ।

बैंकले त्यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशत वा सोभन्दा बढी नरहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा क्षेत्रभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा बैंक मुनाफामा रहेको हुनुपर्नेछ ।

यस्तै घर जग्गा कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गर्ने संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई कुनै पनि कारवाही नगरेको तथा कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महीना पूरा भएको हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएको भए कारवाही फुकुवा भएको छ महीना पूरा भएको र सर्वसाधारणका लागि छुट्याइएको शेयर बिक्री गरेको हुनुपर्ने शर्त बैंकले राखेको छ ।

प्रतिक्रिया दिनुहोस