१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीको सुन्तला : एकादेशको कथा

अ+ अ-

पोखरा । विगतमा बोटमा लटरम्म फल्ने पहेँलपुर बनेका सुन्तला टिप्ने हात यतिखेरको चिसो मौसममा तिनै सुन्तलाका दाउराले सेकाउनु यहाँका कृषकको दैनिकी बनेको छ । कास्कीको पोखरा मात्र नभई प्रमुख शहर चितवन, बुटवल, काठमाडौँं लगायतका स्थानमा पुग्ने कास्कीको सुन्तला मासिने क्रमसँगै केही वर्षमा नै एकादेशको कथा बन्ने चिन्ता कृषकमा देखिन्छ ।

झण्डै एक दशकयता सुन्तलामा फैलिएको सिक्टस ग्रिनिङ, ढुसी, पतेरोजन्य रोगले जिल्लाका अधिकांश स्थानमा सुन्तला सखाप बनिसकेको छ, बचेका स्थानमा पनि रोगका लक्षण देखा पर्न थालिसकेका छन् । वर्षेनी बोट सुक्दै गएपछि आयआर्जनको दिगो स्रोत जस्तै बनेका सुन्तला बगान फाँडेर कृषक दाउरा बाल्न थालेका छन् । कसैकसैले वर्षायाममा लौका, घिरौँलाका लागि थाँक्रो बनाउने गरेका छन् ।

विगतमा सुन्तलाको राम्रो उत्पादन गरी लाखौँ रुपैयाँमा बेच्ने किसानलाई अहिले भने चाख्न पनि बजारबाटै किन्नुपर्ने बाध्यता छ । कास्कीको भरतपोखरी क्षेत्रमा एक दशकअघिसम्म झण्डै छ हजार भन्दा बढी बोटमा सुन्तला फल्ने गरेकोमा अहिले सबै सखाप भएको स्थानीय समाजसेवी एवं राष्ट्रिय सुन्तला उत्पादक सङ्घ नेपालका पूर्व केन्द्रीय अध्यक्ष केशरप्रसाद निर्दोषीले बताए।

“मेरै बगैंँचामा मात्रै २२५ बोट सुन्तला थिए, अहिले सबै सखाप भइसकेको छ,” उनले भने, “त्यसबेला प्रतिकिलो १५ रुपैयाँको दरले सुन्तला बिक्री गर्दा पनि रु तीन लाख आम्दानी हुने गरेको थियो, अहिलेको बजार मूल्य प्रतिकिलो ६० रुपैयाँमा बेच्न पाएको भए सुन्तलाबाटै १२ लाख रुपैयाँसम्म आम्दानी हुन्थ्यो ।”

सुन्तलाका बोट सुक्ने क्रमसँगै कृषक ठूलो मारमा परे पनि उनीहरूको समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको उनको भनाइ छ । कास्कीको कृष्तिनाच्नेचौर बाहेक जिल्लाका अधिकांश स्थानमा सुन्तला सखाप भएको कृषक बताउँछन् । सुन्तला मासिएपछि ती स्थानमा त्यही किसिमको उत्पादन दिने गरी विकल्पका रूपमा अन्य फलफूल एवं बिरुवा दिने भनिए पनि अहिलेसम्म पाउन नसकेको कृषकको गुनासो छ ।

सिक्टस ग्रिनिङ लगायतका रोगका कारण कास्कीका साथै स्याङ्जामा सुन्तलाका बोट वर्षेनी मर्दै गएको स्याङ्जा कृषि ज्ञान केन्द्रका प्रमुख लोकेन्द्र बोहोराले जानकारी दिए । अघिल्लो वर्ष भरतपोखरीको २० हेक्टर क्षेत्रफलमा रोग लागेका बिरुवा उखेलेर नयाँ सुन्तला लगाइएको उनले बताए ।

सुन्तला खेतीको विकास तथा विस्तारका लागि कृषि कार्यालयमार्फत बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको तर त्यो पनि प्रभावकारी बन्न नसकेको कृषकको गुनासो छ ।

जिल्ला सुन्तला उत्पादक सङ्घ कास्कीका सचिव शिवराज भण्डारीले रोगका कारण सुन्तला मासिएपछि कृषक यतिखेर अब के गर्ने भन्ने अन्योलमा रहेको बताए । समस्यामा परेका सुन्तला उत्पादक कृषकका लागि सरकारले अन्य विकल्पका राहतमुखी कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

नेपालमै पहिलो पटक २०२५ सालमा कास्कीको मालेपाटनमा देखा परेको सिक्टस ग्रिनिङ रोग पछिल्लो समय देशैभरि गम्भीर समस्याका रूपमा बढ्दै गएको हो । विशेष गरी कास्कीको बेगनास, हंशपुर, भरतपोखरी, अर्मला, सिल्दुजुरे, निर्मलपोखरी, कृष्तिनाच्नेचौर, पुम्दीभुम्दी, थुम्की, रूपाकोट लगायतका क्षेत्रमा सुन्तला उत्पादन राम्रो हुने क्षेत्र मानिन्थ्यो ।

झण्डै एक दशक अघिसम्म हंशपुरमा चार हजार भन्दा बढी बोटमा सुन्तला फल्ने गरेको स्थानीय समाजेवी एवं रूपा गाउँपालिका–७ का वडा अध्यक्ष दयासागर सुवेदीले बताए । “अहिले सुन्तला लगभग लोप जस्तै भइसकेको छ, हंशपुरको कात्तिकेखर्कमा कताकति बोट भए पनि अन्यत्र बोट सुकिसकेका छन्”, उनले भने ।

प्रतिक्रिया दिनुहोस