८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाकिमको ठेक्का : अपनत्व र मापदण्डमा रहोस् हेक्का

अ+ अ-

“मा’कसम दलाल नाथेहरूले पुरा देशलाई दाउमा राखेर क्यासिनो खेलिरा’छन् यार । त्यो पनि कौडीको भाउमा साँधेर । यिनीहरूको मात्र बुद्धि यस्तो हो की, सारा नेपालीको औकात नै यत्ति हो, ठम्याउनै गाह्रो भयो भन्या ।” पंके बिहान बिहानै पत्रिका किन्न जाने दोकानको आडैमा रहेको चिया पसलमा गफ चल्दै रै’छ । के र कसको विषयमा हो पंकेले पत्तो पाएको थिएन । पंके सामेल भएन तर कान बन्द गर्न पनि मिल्दो रहेनछ क्यारे ।

त्यसैबिचमा अर्को चिया गफाडीले थप्यो, देशमा सबै जना सुतिरा’का छन् । नेताहरू त त्यस्तै हुन् हाम्रोमा, मौका नपाउदासम्म राम राम, मिल्ने बित्तिकै मिल्नेजति सबै झ्वाम । नेताहरूलाई चुनावको अघिल्लो ४ महिना गरिबलाई बोलेर झुक्क्याए सब टन्टै साफ भो । हामी त पढ्न सकिएन खाडी गइयो, दाल कमाउन । के-काने टपरहरु पल्टिने थिए त, तिनीहरू त यतै होलान् नि हैन ? कहाँ छन् तिनीहरू ? कि नेपालका बौद्धिक जमातहरू सबैलाई गोबर चटाई सकिएछ ?
अर्को गफाडी बम्क्यो, ती त झन् नेताहरूको शीतल तापेर बिन्दाश कुसंस्कारलाई सघाइरहेका छन् । राजनीति गर्छन् यार सरकारी जागिर खाएर पनि, अचम्म होइन र भन्या ? हुन त आफ्नो असक्षमता र अकर्मण्यतालाई लुकाउन र ढाकछोप गर्न सजिलो चौतारी पाएर पनि होला ।

चिया गफाडीको के कमी हुन्थ्यो र, अर्कोले थप्यो : ओ’ए, के भनेको हो तैँले, ठुला नेताको आड नहुनेले सरकारी जागिर नखाए नै बेस भन्ने भइसक्या छ रे नेपालमा ।

भर्चुअल राष्ट्रियताको समसामयीक चित्रण चियागफको छड्के ध्वनिबाट सुनिसकेपछी पंकेलाई पत्रिका किनुं कि नकिनु झैँ भो । तापनि पसल गयो हेडलाईन थिए: “निर्मला तिमी फर्केर आउन है, एक जिन्दगी तिम्रो हेर्नु छ मलाई “, “बहुप्रतीक्षित सिनेमा नयाँ युगको पहिलो हप्ताको व्यापार घाटामा”, “प्रदेश र स्थानीय तहका नेताहरूलाई भ्रष्टाचारमा नसघाएको आरोपमा केही उपसचिव र कार्यकारी अधिकृतहरू पक्राउ”, “सङ्घीयतामा परिवर्तनका खातिर ड्राइभरलाई पार्किङमा राखेर सहचालकलाई स्टेरिंग हस्तान्तरण” आदि, आदि ।

तर पंके सरकारी ग्याजेटेढ न पर्‍यो, राजपत्र बाहेक अरूलाई पत्याउँदै पत्याएन नि । त्यसैले झुटा समाचारहरू किन्न लाई १० रुपैयाँ पनि खर्चेन । घर फर्कियो । पत्रपत्रिकासँग पनि कुनै प्रतिशोध साधेन, किनभने त्यो दिन विशेष थियो पंकेका लागी । एउटा प्रशिक्षण प्रतिष्ठानले चलाइरहेको नेपालका उच्च प्रशासकहरूको व्यवस्थापकीय तालिममा आश्चर्यजनक रूपमा गेस्ट लेक्चररको अफर पाएको थियो । जुन अत्यन्त चुनौतीपूर्ण रहेको भएता पनि उसले अवसरको रूपमा ठहर्‍याएको थियो ।

नियमित समयानुसार अफिस गयो र पूर्व निर्धारित समयानुसार क्लासमा छिर्‍यो । सबैलाई अभिवादन गर्दै सम्बोधन गर्‍यो अनि टिक-टकमा भेटिएको एउटा प्रश्नबाट सुरुवात गर्‍यो । तपाईँको अगाडि दुईवटा थाल छन्, एउटा थालमा पैसा छ र अर्को थालमा बुद्धि छ । अब भन्नुस् तपाईँ सबैभन्दा पहिले कुन थाल रोज्नुहुन्छ ? धेरैले भने, बुद्धि भएको थाल नै रोजिन्छ नि । सहभागीहरूको सक्रियता राम्रै रहेछ भन्ने सोच्यो । म भा’को भए पैसा रोज्थेँ तर तपाइहरूले ठिकै भन्नुभयो ।

मान्छेसँग जे कुराको कमी छ, त्यही त रोज्छ नि पहिले, होइन ? आधा आधि सहभागी हल्का हाँसे बाँकी आधा चाही मुर्मुरिए जस्ता देखिन्थे ।

सम्माननीय कार्यकारी प्रमुखज्यूले नयाँ युगको सुरुवात गर्ने भन्नुभएको छ, समृद्ध नेपाल र सुखी नेपालीको सपना बाँडेको बासी हुन लागिसक्यो, बजारमा सरकारको विषयमा राम्रा कुरा सुन्न चाडपर्व झै साइत जुराएर निस्कनुपर्छ, जनताको आशाका त्यान्द्राहरू चुँडिन लागिसकेका छन्, राजनीतिका पुराना खेलाडीहरूलाई बोलेरै फुर्सद छैन र नयाँ बिस्तार भएका राज्यका ईकाइहरूमा राजनीतिको असभ्य अभ्यासलाई दोगुणा गर्दा नै भ्याइनभ्याइ छ । अनि खुलामञ्चमा आएर देशकै वरिष्ठ व्यक्तित्वले हाकिमको सङ्गतले नेताहरू बिग्रिए भनिसक्नु भएको अवस्थामा त्यसको जवाफ दार्चुलामा काम गर्ने खरिदारले दिने की मुगुको कार्यालय सहयोगीले दिने । काठमाण्डौँको खाल्डो भित्र बसेर उहाँको भनाइमा केही दम नै छैन र/या अहिलेको ब्युरोक्रेसीले नेपाललाई कंही पुर्‍याउन्न भन्दै थन्किएर कति दिन चल्छ ।

नेताहरूले कर्मचारीतन्त्रलाई गाली गर्नु भनेको कुनै पनि मन्त्रालय वा अन्तर्गतको खरिदार, सुब्बा या कार्यालय सहयोगीलाई होइन, निजामती सेवा ऐनको दफा ४३ र ४४ लाई खुलेआम लात्ती हान्ने तर दफा ६१(१)ङ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य ठहर हुने गरी बर्खास्त गर्न भूल चुक अघोषित भातृसंस्थाका एकाध खोयाहरूलाई मैले अर्कै क्याटागोरीमा गन्ने गर्‍या छु । नत्र, गाली गरेको सह सचिव, सचिव र मुख्यसचिवलाई नै हो । कानमा तेल हालेर कसैको नभाको जस्तो जागिर खाइरहने कि आफ्नो चेतना र चैतन्य खुलाउने हो । भनिन्छ, नि हातमा खुँडा लिएपछि बोकाको आँखा हेर्ने होइन गर्धन हेर्नुपर्छ गर्धन । राज्य व्यवस्थाले अख्तियार सुम्पिसकेपछि पनि फलानोले यसो भन्ला, ढिस्कानो उसो भन्ला । अहिलेको पद, पावर र आकर्षक अड्डा खुस्किन्छ की भन्दै काँपेर डरपोक जागिर खाने की व्याकुल जनतालाई संझिदै सेवा भाव र ईमान्दारीताको धर्म नछोडी बौद्धिकता र दुरदृष्टि प्रदर्शन गर्ने हो ।

अलिकति आँटिलो, दरिलो र मुटु भा’को सन्तान निजामती सेवा आयोगले जन्माएकै छैन र भन्या !

कार्यसञ्चालनको विधि र प्रक्रियाले बाँधेर हो, सुशासन भएर सिस्टमले काम चल्ने भए त गरेर देखाउने थियौँ हामीले पनि भन्नुहोला । तर त्यो त चामल नभएर हो दूध भएको भए खिर खान हुन्थ्यो भन्या जस्तै भएन र ! नत्र भन्दिनुस् न त नेताहरूलाई, नेताज्यू तपाइहरूले नै पस्किएका नीति नियमहरूले हामीलाई बाँधेको हो, सके फुकाउनुस् नत्र नफलाक्नुस् । अनि प्रकृयानै प्रक्रियामा अल्झिएको गाँठो फुकाउने उपाय पनि बताइदिनुस् । कर्मचारीहरू संविधान, कानुन र लिखितम् विधि प्रक्रिया गुलाम हुन् कुनै नेता विशेषका होइनन् ।

जागिरमा रहुन्जेल क्यारम क्यारम भन्दै अनिर्णयको बन्दी बन्दै कमजोर मानसिकताका साथ ठुल्ठुला नेताहरूको गुलामी गर्ने, शासन पद्धतिलाई खुइल्याउनमा साथ दिने । अनि रिटायर्ड भएपछि नियामक निकाय र आयोगहरूको अपुताली खाँदै र/वा जागिर डकार्दै थकाइ मार्न छोराछोरीसँग घुम्दै अम्रीका र अस्ट्रेलियादेखि देशको बेथिति, गरिबी र राजनीतिलाई सरापेको कत्ति पनि सुहाउने छैन ।

हुन त अहिले पनि गरिबखाना जस्तै बनेको राज्यकोषको अशोभनिय उपभोग गरेर पदीय घमन्ड गरेको कहाँ सुहाएको छ र ! घमन्ड भन्ने बित्तिकै प्रसंगबस् कुलमानज्यूको कुरा याद आयो । एउटा सार्वजनिक कार्यक्रममा उहाँले भन्नुभएको थियो की मेरो पालामा त लोडसेडिंग हुन दिन्न, ढुक्क हुनुस् । तर म गएपछि पनि कोही आएर फगत बहाना बनाएर लोडसेडिंग फर्काउन नसकोस भन्ने वातावरण संस्थागत गर्न तर्फ लाग्दै छु । हो, यो हो के एटिट्युड भनेको । म कार्यकारी भइहाले केरे, अब मेरा दिन आए भन्दै कमाउने, खाने, दलाली गर्ने, देश विदेश शयर गर्ने अनि आफ्नै सहोदर र अन्तर्गतका कर्मचारी माथि टाढिनेलाई एटिट्युड भन्दैनन् । लेखेर राख्नुस्, तपाईँ अहिले जति व्यस्त र भ्याइनभ्याइ जस्तो देखिए पनि खासमा केही गरिरहेको हुनुहुन्न तबसम्म । जबसम्म कि तपाईँले आफूले पाएको पदीय अवसर र बौद्धिक प्रयोग परीक्षणलाई नियालेर सकारात्मक परिवर्तनका खातिर चिन्तन गर्न सक्नुहुन्न ।

मिले पनि नमिले पनि सुहाए पनि नसुहाए पनि पंकेले एकोहोरो दिइरहेको थियो । फाट्टफुट्ट १/२ जनाले मोबाइल चलाउँदै घोप्टिए बाहेक अरूले भने सुनिरहेका थिए । बुझेका कतिले थिए यकिन भएन क्यार ।

हुटिट्याउँले आकाश थामे झैँ हामीजस्ता १/२ जनाले के गर्न सकिने हो र भन्ने सोच्नुभयो होला । त्यो पनि ठिकै हो । कर्मचारी व्यक्तिले होइन तन्त्रले चल्ने हो तर तन्त्रका ड्राइभर र पेसेन्जर दुवै व्यक्ति नै हुन् । सेवा भाव र इमान्दारिता, ईन्टेग्रीटि भन्छन् नि, हो त्यो ईन्टेग्रीटि सबैमा हुनु जरुरी छ । अनुभव र अभ्यासको सही संयोजन अनि डेडिकेशन र आफ्नो क्षमतामा विश्वास गर्न सक्नुपर्छ । यो उच्च प्रशासकको मात्र ठेक्का होइन । खरिदार मुखियादेखि कार्यालय सहयोगी र सह चालक सम्म हुनु उत्तिकै अपरिहार्य र महत्त्वपूर्ण छ ।

उच्च प्रशासकको ठेक्का भनेको चाहिँ सबै कर्मचारीहरूको सङ्गठनप्रति अपनत्व सिर्जना गराउने हो । ओनरसिप अथवा अपनत्वलाई जति सजिलै वाक्यमा प्रयोग गरिन्छ त्यति हल्का छैन । कतिपयले घुमाइ फिराइ मोटिभेसन जस्ता शब्दजोडले खेल्न रुचाउँछन् तर सबैभन्दा ठुलो कुरा अपनत्व हो । जब कसैले कुनै चिज भित्री मनदेखि मेरो हो वा हाम्रो हो भन्छ र ठान्छ उसले त्यसको सुधारको लागि अहोरात्र ज्यान दिन सक्छ ।

अल्लि अस्ति एक जना कर्मचारीले सहसचिव भएपछि शनिवार बिदा बसेको याद छैन भनेको सुनेथेँ । यो देश सहसचिवहरुको रत्यौलिले मात्र बन्ने भए त परार सालै बन्ने थियो नि ! निजामती सेवामा रहेका हरेक तह र तप्काका कर्मचारीमा अपनत्व र कार्यदक्षतामा न्यायीक मापन गर्ने मापदण्ड अनि सोहिअनुसारको मूल्याङ्कन जरुरी छ । तत्पश्चात् श्रीमान् सहसचिबज्यू मात्र नभएर खरिदार र मुखिया पनि शनिवार बिदा बस्ने छैनन् । देश बनाउने भोक त नेताहरूलाई के छ र जति कर्मचारीहरूलाई छ । खाली यहाँको राजनीति यस्तै हो, कर्मचारीतन्त्र यस्तै हो भनेर थाकेर न बिग्रेको हो ।

राजनीतिको छानामुनि लुकेर देशको समग्र बेथितिलाई नजरअन्दाज नगर्नुस् । जनताले चुनेका मात्र नेता होइनन्, हजारौँ हजार कर्मचारीहरूलाई मार्गदर्शन गर्ने प्रशासकीय अभिभावकत्व बोकेका तपाइहरू बोलीचालीमा प्रशासक वा व्यवस्थापक भनिए पनि एउटा बौद्धिक र सक्षम एवं देश विकासका संवाहकहरूलाई डोर्‍याउने नेता नै हो । सङ्गठनमा ठुलो पदमा पदासीन व्यक्तिहरूले म्याक्रो म्यानेजमेन्ट मात्र होइन सूक्ष्म व्यवस्थापन पनि जान्नुपर्दछ । आफ्ना अनुयायीहरूलाई थर्काएर र धम्क्याएर काम लिन्छु भन्नु, त्यो पनि निजामतीमा, म्याद सकिएको प्रेस्कृप्सन जस्तै हो ।

यसको मतलब सबै कर्मचारीहरूलाई भेट्दै ‘आई लव यु’ भन्दै हिँड्ने भन्न खोजेको पनि होइन । बस् भेदभाव नगर्नुस् । तपाईँका कोही आफ्ना छन् भने घरमा बोलाउनुस् खाना-खाजा खुवाउनुस् पठाउनुस् । तर कुर्सीमा बसेर हामी त सँगै क्याम्पसमा चुनाव लडेको होइन त यार, हामी त सेवा प्रवेशका एउटै ब्याच्यी हैन त यार अथवा फलानोले मागे अनुसार गरिन भने ढिस्कानो नेता रिसाउला भन्दै अनाडी नबन्नुस् । सबैलाई एकै मान्नुस् । सिंहदरवार भित्रको तपाईँको एउटा निष्पक्ष कलमले मात्र पनि ताप्लेजुङको गाउँमा बसेको निम्न स्तरको कर्मचारीको आत्मबल बढ्छ र अपनत्व पनि । प्रविधिको जुग जो छ । अनि यस्तै पारदर्शी र निष्पक्ष निर्णय गर्नुभयो भने तपाईँका आसेपासे त रिसाउलान् (त्यो पनि केही क्षणका लागि मात्र) तर समग्र कर्मचारीहरूको आत्मबल र सङ्गठन प्रतिको अपनत्व बढ्छ । अनि बल्ल नयाँ युगको समृद्धितर्फको सामूहिक यात्रा तय हुन्छ ।

नत्र पावरको लोभमा जुका बनेर लिस्सीएका आसेपासेको चौघेरामा बसेर आफूलाई सुरक्षित महसुस गर्दै निम्छराहरुलाई पेलेर तपाईँले जानीजानी सरकारको विकासको इच्छालाई जिस्क्याईरहनु भएको हुनेछ । याद गर्नुहोस्, कुनै पनि कार्यालय हाकिमको बिर्ता या उनको पुर्खाहरूको विरासत होइन र कुनै मन्त्रालय कुनै दलको मुख्यालय पनि होइन । जनताको सङ्गठन हो र सबै कर्मचारीहरूको समान हक र स्वामित्व रहन्छ ।

यदि प्रधानमन्त्रीज्यूले नै बोलाएर समृद्ध नेपालको मेरो अन्तरआत्माको दृढ इच्छा त छ तर ब्युरोक्रेसीले कामै गर्न सकेन, के गर्ने होला पंकेजी भनेर यदि सोध्नुभयो भने मेरो जवाफ जम्मा २ वाक्यमा हुनेछ । एक: कुनै पनि राजनीतिक व्यक्तिको प्रभाव कर्मचारी छनोट, मनोनयन र परिचालनमा पर्न नदिनुस् । दुई: कर्मचारीहरूलाई कसैको स्वेच्छाचारीताले होइन, मापदण्डले चलाउन लगाउनुस् ।

किनकि, राजनीतिको प्रभाव अत्यधिक हुँदा कर्मचारीको ज्ञान, सिप, अनुभव, योग्यता र विज्ञता लगायतको क्षमतालाई दलबिशेषका नेताहरूसँगको सामिप्यताको मात्रा र लगावले ग्वामल्वांगै खाएको छ, निलेको छ । त्यति मात्र होइन पचाएको पनि छ नत्र कतै न कतै बेरुजु त आउनुपर्ने हो नि । जहाँ व्यक्तिको योग्यता र क्षमतालाई जलाएर आगो तापिन्छ, त्यहाँ काम त हुने कुरै भएन । विकासको नाममा ढुकुटी परिचालन गरेर अकुत हिनामिना गर्दै दलका कार्यकर्तालाई चन्दा भर्न त जसले पनि सक्ने नै भयो, के थाहा अबका दिनमा हप्ता असुली पनि हुन्छ कि !

अर्को कुरा, मापदण्ड विनाको निर्णय गर्ने अधिकारीलाई ठाउँको ठाउँ कानुन लाईदिनुस्, गलहत्याईदिनुस् वा ब्ल्याक लिस्टंग गर्दिनुस् । उपाय हजार छन् र यसको जिम्मा भाषणमा मात्र होइन पारदर्शिता रूपमा लिइदिनुपर्छ । तत्पश्चात्, ज्ञान, सिप र क्षमताले कुट-कुट भरिएको सर्वगुण सम्पन्न निजामतीको व्यक्तिगत क्षमता बल्ल प्रयोगमा आउनेछ र सङ्गठनात्मक उपलब्धिमा परिणत भएको देखिने छ ।

ढुक्क हुनुस् कुनै पनि दलले आफ्नो आस्था मान्ने कर्मचारीलाई ओठे बापत आउने आगामी चुनावको भोट भन्दा कैयौँ गुणा बढी भोट कर्मचारीलाई निष्पक्ष र मापदण्डमा आधारित सजीव र सक्रिय बनाउँदा आउने विकासको बाढीले बढ्ने छ । किनकि जनता प्रत्यक्ष साक्षी बसेका हुनेछन् अनि जिताउने जनताले हो आसेपासेले होइनन् ।

कुनै पनि आयोजनाको मोडेल र नीति दस्ताबेजले मात्र अव नयाँ युग र नयाँ नेपाल बन्दैन । सङ्गठनात्मक सुदृढिकरण, संस्थागत सवलिकरण, असल र मापदण्डमा आधारित कार्यसंचालन पद्धतिबाट मात्र समृद्धि सम्भव छ । जानु पर्ने पूर्व, लागे म त पश्चिम नहोस् हजुर ।

क्लास चल्दै गर्दा बिचैमा पंकेको फोनको घण्टी बज्यो । मूर्ख पंके भित्ताभरि “कृपया मोबाइल शान्त मोडमा राख्नुहोला” लेखेको खुद मास्टरले नै देखेनछ । तथापि फोन उठायो, उताबाट साथीले गरेको रहेछ । भन्दै थियो पंके तैँले हिजो फेसबुकमा के लेखेको थिईस र ? यहाँ स्पष्टीकरण मागिएको छ । अर्को महिनाको अन्तिम शनिवारसम्म जवाफ पठाउनु भनेको छ । वरिष्ठहरूको क्लासलाई अधुरो छोडेर ‘सरी’ भन्दै बाहिर निस्क्यो । निर्धारित समयको बाँकी आधा घण्टा कसरी ह्याण्डल गर्ने भनेर प्रशिक्षण प्रतिष्ठान टेन्सन । तर पंकेलाई बाल । स्पष्टीकरण मात्र होइन राजिनामानै बुझाउन तयार छ रे, तर पाई पाई हिसाब गरेर। #BuildingBureaucracyBeyondtheBoundary

प्रतिक्रिया दिनुहोस