११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा.दासलाई ‘राष्ट्रिय सदाचार सम्मान– २०७५’

अ+ अ-

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ)नेपालले यस वर्षको ‘राष्ट्रिय सदाचार सम्मान– २०७५’ सिराहाका ९५ वर्षीय समाजसेवी चिकित्सक डा.गौरीशङ्करलाल दासलाई प्रदान गरेको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा उनलाई पूर्व सभामुख दमननाथ ढुङ्गानाले आज काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको हो । गत वर्ष सो सम्मान वरिष्ठ चिकित्सक, हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीलाई प्रदान गरिएको थियो । पहिलो सम्मान सन्त नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराइलाई र दोस्रो इतिहासविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।

टिआइ नेपालका उपाध्यक्ष सविता भण्डारी बरालको संयोजकत्वमा गठित छनोट समितिले दासलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । समितिमा अन्य सदस्यमा संस्थाका पूर्वअध्यक्ष भरतबहादुर थापा र पत्रकार हरिबहादुर थापा हुन् ।

संस्थाका अध्यक्ष खेमराज रेग्मीले सदाचार र भ्रष्टाचारविरुद्ध अनवरत उभिएकाले दासलाई यस वर्ष उक्त सम्मान गरिएको जानकारी दिए । दास विसं १९८१ मा सिराहामा जन्मेका हुन् । उनले २००९ सालदेखि ३०३५ सम्म वीर अस्पतालमा मेडिकल अधिकृत, २०३५ सालदेखि २०४७ सम्म लोकसेवा आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरेका थिए । सुशासन, जवाफदेहीता र भ्रष्टाचारविरुद्धको अभियानमा यस संस्थाले हालसम्म मुलुकको ३७ जिल्लामा काम गर्दै आएको छ ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले मुलुकको सबै क्षेत्रको विकासमा भ्रष्टाचार बाधक भएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले भ्रष्टाचारीलाई आयोगले खोजीखोजी न्यायलयसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति केदारभक्त माथेमाले गाउँपालिकादेखि न्यायपालिकासम्मका भ्रष्टाचारले जनता आजित भएको बताए ।

प्रतिक्रिया दिनुहोस