१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु भएको छ । भूमिहीन किसानलाई लक्षित गरी प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले करार खेती कार्यक्रम अघि सारेको हो ।

जग्गा अभावमा खेती गर्न नपाएका किसानलाई मन्त्रालयले करारमा जग्गा उपलब्ध गराउने नयाँ योजना ल्याएपछि करार खेतीका लागि ६५ जना कृषकले आवेदन दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिए । ‘पहिलो चरणको कार्यक्रम भएका हुँदा आवेदन धेरै आएन’, उनले भने, ‘आगामी दिनमा सबै जिल्लामा पुगेर व्यापक प्रचारप्रसार गर्छौं ।’

आवेदनका लागि मन्त्रालयले असोज २५ गतेदेखि ४५ दिनको म्याद राखिएको थियो । विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आवेदन सङ्कलनको काम भएको उनले बताए। स्थानीय तहले गरेको भूमिहीन भएको सिफारिशका आधारमा मन्त्रालयले खेती गर्नका लागि जमीन प्रदान गर्नेछ । मन्त्रालयका अनुसार तीन कट्ठाभन्दा कम जग्गा भएकालाई भूमिहीन मानिएको छ ।

खाली रहेका सरकारी जग्गा, गुठी, संस्थान तथा व्यक्तिगत जग्गाको सदुपयोग गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले करार खेती कार्यक्रम शुरु गरेको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए । ‘जसको जमीन छैन, उसले खेती गरेर खान पाओस् भन्नका लागि मन्त्रालयले योजना बनाएको हो’, उनले भने, ‘खेती गरेवापत स्थानीयतहले कायम गरेको भाडादर मन्त्रालयले तिरिदिन्छ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाका अनुसार करार खेती कार्यक्रमका लागि स्थानीयतहसँग समन्वय गरी खाली जग्गाको पहिचान गरिनेछ । सरकारी स्वामित्वमा रहेका जग्गा, गुठी वा संस्थानका जग्गा तथा जग्गाधनीको बाँझो जमीन छनोट गरी भूमिहीनलाई खेती गर्नका लागि प्रदान गर्ने सचिव देवकोटाले बताए । मन्त्रालयका सचिव देवकोटाका अनुसार यो कार्यक्रममा सहभागी हुन एक जना किसानले ५ बिघा जग्गामा खेती गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस