१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ भवनको पर्खाइमा पद्मोदय माध्यामिक विद्यालयका विद्यार्थी

अ+ अ-

काठमाडौं । प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यामिक विद्यालयका विद्यार्थी भूकम्प गएको चार वर्ष बितिलाग्न सक्दा पनि अझै टहरामा नै बसेर पढिरहेका छन् ।

भूकम्पले विद्यालयको एउटा भवन पूर्ण रुपमा ध्वस्त बनाइदिएपछि विद्यालयले २ वटा कक्षाहरु टहरामा राखी पढाउँदै आएको छ । सडकनजिकैको विद्यालय त्यसमाथि नयाँ भवन बनाइरहेको आवाज आउँदा टहरामा बसेर पढ्ने विद्यार्थीको पठनपाठनमा असर परिरहेको छ ।  विद्यालयको कक्षा ८ मा अध्ययनरत सन्ध्याकुमारी साह टहरामा बसेर पढ्दा आफूलाई निकै सास्ती हुने गरेको भन्दै बताउछन्,’जाडो महिनामा टहरामा शीत चुहिएर एकातिर समस्या, वर्षात्को समयमा जस्तामा परेको पानीको आवाजले पढ्नलाई अर्को समस्या ।’

३ वर्षदेखि आफूहरुले यस्तै खाले समस्या बेहोर्दै आएको उनले बताउछन् ।  सोही विद्यालयकी छात्रा विपना पाण्डे पनि त्यस्तै खाले समस्या बेहोर्दै आएकी छन् । विद्यालयको चौरमा नयाँ भवन निर्माणका लागि सामान राखिएको हुँदा खेल्न समेत समस्या हुने गरेको उनले बताइन् । विद्यालयमा शिशु कक्षामा २१, कक्षा १ मा १३, कक्षा २ मा १७, कक्षा ३ मा २०, कक्षा ४ मा १७, कक्षा ५ मा २७, कक्षा ६ मा ४४, कक्षा ७ मा ३३, कक्षा ८ मा ४०, कक्षा ९ मा ६३, कक्षा १० मा ५८, कक्षा ११ मा २३२ र कक्षा १२ मा २५१ गरी जम्मा ८३६ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

हाल रु ५ करोड ८७ लाखको लागतमा उक्त विद्यालयका लागि नेपाल सरकार र एडिबीको सहयोगमा २३ कोठे भवनको निर्माण भइरहेको छ । २०७३ साल असोजबाट पुनःनिर्माणको काम सुरु गरिएको उक्त विद्यालयलाई यही मङ्सिरमा पुरा गरिसक्ने भनिए पनि विद्यालयको पर्खाल निर्माण र रङ्गरोगनको काम अझै पूरा भइसकेको छैन ।
विद्यालयका छात्र किरण सुनारले नयाँ भवन बनिसकेपछि पठनपाठनमा केही सहजता आउने आशा राखेको बताउछन् । ‘यतिका वर्ष टहरामा बिताइयो, अब नयाँ भवनमा पढ्न पाउने कुराले निकै नै उत्साह जागेको छ’, उनले बताउछन् ।

विद्यालयमा पर्याप्त कक्षाको अभावका कारण दुईवटा कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता छ । सरकारले विद्यालयको भवन निर्माणका लागि समयमा नै बजेट नदिँदा पुनःनिर्माणमा ढिलाइ भएको विद्यालयका प्रधानाध्यापक मीनाकुमारी कोइराला पोखरेलले जानकारी दिए ।

‘विद्यार्थीलाई टहरामुनि नै राखेर पढाउनु पर्दा हामीले उनीहरुको बालअधिकार र शान्त वातावरणमा पढ्न पाउने अधिकार हनन् भएको हो कि जस्तो अनुभव गरेका छौं’, उनले भने । विद्यालयको निर्माण पूरा हुनासाथ विद्यार्थीलाई नयाँ भवनमा सारिने उनले बताउछन् ।

प्रतिक्रिया दिनुहोस