१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समयमा योजना पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

अ+ अ-

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समयमा योजनाको निर्माण कार्य पूरा नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गरेका छन् ।

जिल्ला अस्पतालको निर्माणाधीन ५० श्ययाको अत्याधुनिक भवनको आज कुस्माबजारमा शिलान्यास गर्दै उनले ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेको हुँदा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गरेका हुन्।

‘ठेक्कामा बजेट व्यवस्थापन भएर पनि काम भइरहेका छैनन्’, उनले भने, ‘ठेक्का लिने तर काम नगर्नेलाई कारवाही गर्न नसक्दा अझै विकृति मौलाउन गएको छ ।’ समयमा निर्माण कार्य गर्नेलाई पुरस्कृत गर्दै जाँदा मोबिलाइजेसन बुझेर धेरै काममा हात हाल्ने र समयमा पूरा नगर्नेहरु निरुत्साहित बन्ने धारणा उनको भनाइ छ ।
जिल्ला अस्पतालको नयाँ भवन निर्माणका लागि अध्यक्ष तिमिल्सिनाले पहल गरेका थिए ।

सो अस्पतालको नयाँ भवन रु २१ करोड १३ लाखको लागतमा निर्माण हुन लागेको हो । अस्पताल ५० श्यया र अत्याधुनिक सुविधासहितको भवन ३० महीनामा पूरा गर्ने लक्ष्य छ । उनले सदरमुकाम कुस्माबजार–बालेवा जोड्ने कालीगण्डकीको कल्लेरीमा पक्की पुल बनाइने प्रतिबद्धता जनाए । पर्वतको कुस्मामा एक हजार क्षमताको सुविधा सम्पन्न सिटीहल र सटरसहितको तीनतले बसपार्क निर्माण कार्य पनि तत्काल अघि बढाउने तयारी भइरहेको उनले जानकारी गराए ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, कुस्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने, नेकपाका प्रदेश कमिटी सदस्य केशब कुँवर, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य चुडामणि शर्मा, शहरी विकास तथा भवन विभाग, सङ्घीय आयोजना कार्यालय पोखराका प्रमुख नारायण भण्डारीलगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस