११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार गाउँपालिका जडीबुटीको पकेट क्षेत्र

अ+ अ-

गोरखा । गोरखाका ४ गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएकोे छ ।

गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको पकेट क्षेत्र घोषणा गरेको हो ।

जिल्लाको उच्च हिमाली भेकमा जडीबुटी खेतीको राम्रो सम्भावना रहेकाले तिनको विस्तार र प्रशोधन गर्ने उद्देश्यले पकेट क्षेत्र छनोट गरिएको उक्त कार्यालयका प्रमुख इमनाथ पौड्यालले जानकारी दिए । ‘छनोट भएका गाउँपालिकामा जडीबुटीको व्यावसायिक खेतीको राम्रो सम्भावना देखिएको छ,’उनले भने, ‘पकेट क्षेत्र घोषणा भएका ठाउँमा कार्यालयले विशेष कार्यक्रम गर्ने तयारी गरिरहेकोे छ ।’

कार्यालयले अजिरकोट र धार्चे गाउँपालिको सबै क्षेत्र र बारपाक सुलीकोट र आरुघाट गाउँपालिकाका वडा नं १ देखि ४ सम्मका वडालाई पकेट क्षेत्रमा समेटेको छ । ‘जडीबुटी खेतीबाट कत्तिको आम्दानी हुन्छ, भन्ने कुराको जानकारी त्यस क्षेत्रका किसानलाई दिनु आवश्यक छ, उनले भने, ‘अनि मात्र व्यावसायिक खेतीको विकास शुरु हुन्छ ।’ त्यस क्षेत्रमा उत्पादन हुनसक्ने थप जडीबुटीे पहिचान गरी तिनको प्रबद्र्धनका लागि समेत पकेट क्षेत्र घोषणा गरेपछि सजिलो हुने प्रमुख पौडेलको भनाइ थियो ।

उनले ती स्थानमा चिराइतो, सतुस, कुड्की, बनलसुन टीमुर, काउलो, दालचिनी, रिठ्ठा, सुनगाभालगात जडिबुटीहरु प्रसस्तै उत्पादन हुने भएकाले तिनको संरक्षण, सङ्कलन, प्रशोधन र बिक्री गर्न सके जिल्लाकै आर्थिक सुधारमा जडीबुटीले ठूलो योगदान पु¥याउने बताए । जिल्लाको उच्च हिमाली भेकमा पाँचऔले, यार्सागुम्बा जस्ता बहुमूल्य र दुर्लभ जडीबुटी समेत पाइन्छ ।

प्रतिक्रिया दिनुहोस